- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौँ । दुर्घटनामा घाइते भएका सौर्य एयरलाइन्सका क्याप्टेन मनिषरत्न शाक्यको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको काठमाडौँ मेडिकल कलेज केएमसीले जनाएको छ ।
अस्पतालकी निर्देशक प्राडा मीना थापाले आइतबार अपरान्ह प्रेस विज्ञप्ति जारी गर्दै उपचाररत शाक्यको स्वास्थ्य सुधारोन्मुख रहेको जनाएकी हुन् ।
उनलाई क्याबिनमा राखेर उपचार गरिएको पनि डा थापाले जनाएकी छिन् । पाँच दिनदेखि उपचाररत उनको स्वास्थ्यमा सुधार भइरहेको पनि जनाइएको छ ।
बुधबार बिहान सौर्य एयरलाइन्सको विमान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल क्षेत्रभित्र दुर्घटनाग्रस्त हुँदा सोही विमानका चालक शाक्यलाई घाइते अवस्थामा उद्धार गरिएको थियो ।
विमानमा सवार १८ जनाको मृत्यु भएको छ । शाक्यलाई उद्धार गरी केएमसीको सघन उपचार कक्षमा उपचार थालिएको थियो ।
उनको अनुहार, आँखा, नाक तथा टाउकोमा चोट लागेको छ, ढाडको एउटा हड्डी साथै देव्रेपट्टीका तीन वटा करङ्ग भाँच्चिएको थियो ।