arrow

रूसले आर्कटिक क्षेत्रहरूमा जलवायु परिवर्तनको अध्ययन गर्ने

logo
हाम्रा कुरा
प्रकाशित २०८१ साउन १४ सोमबार
Arctic.jpg

काठमाडौँ । रुसी विज्ञहरूले आर्कटिक क्षेत्रहरूमा जलवायु परिवर्तनसम्बन्धी अध्ययन गर्ने रुसी एकेडेमी अफ साइन्सेसको शिर्शोभ इन्स्टिच्युट अफ ओशनोलोजीले घोषणा गरेको छ ।

प्रसिद्ध रूसी अनुसन्धान पोत मस्टिस्लाभ क्लेडिश राष्ट्रिय जलवायु अनुगमन कार्यक्रमको एक भागका रूपमा हरितगृह ग्यास उत्सर्जन अध्ययन गर्न बेरेन्ट र कारा समुद्रका लागि एक अभियानमा मरमन्स्कदेखि प्रस्थान गरेको एक विज्ञप्तिमा संस्थानले जनाएको छ । 

वैज्ञानिकहरूले वायुमण्डलीय भौतिकी, हाइड्रो–रसायन विज्ञान, जलविद्युत् लगायतका क्षेत्रहरूमा अनुसन्धानसहित ‘जलवायुमा असर गर्ने सक्रिय पदार्थहरूको अध्ययनका लागि राष्ट्रिय एकीकृत प्रणाली’ नामक सबैभन्दा महत्त्वपूर्ण राष्ट्रिय परियोजनाअन्तर्गत कार्यान्वयन हुने धेरै क्षेत्रहरूमा अनुसन्धान गर्नेछन् । भौतिक विज्ञान, भूविज्ञान, भू–रसायन विज्ञान, प्यालियोसेनोग्राफी, रुस र नर्वे तथा र स्पिट्सबर्गन वरपरका आर्थिक क्षेत्रहरूमा हाइड्रोबायोलोजी र जलवायु परिवर्तनसँग सम्बन्धित प्राकृतिक सामग्रीहरूको अध्ययन गर्ने विज्ञप्तिमा उल्लेख छ ।

वैज्ञानिक मिसनले एट्लान्टिक महासागरको चिसो र तातो आर्कटिक पानी तथा मिथेन उत्सर्जनबीचको सम्बन्ध अध्ययन गर्न पानीको गहिराइमा डुब्ने उपकरणहरू प्रयोग गर्ने संस्थानले सङ्केत गरेको छ ।

उक्त परियोजनाले जलवायु परिवर्तनका प्रमुख चालकहरूमा स्वतन्त्र जलवायु पूर्वानुमान र अन्तर्दृष्टिहरू प्राप्त गर्न प्रयास गर्नेछ । साथै नतिजा प्राप्त तथ्याङ्कले कार्बन उत्सर्जन घटाउने र जलवायु परिवर्तनलाई सम्बोधन गर्ने राष्ट्रिय नीति बनाउने प्रयासहरूको लागि आधारको रूपमा काम गर्नेछ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ