arrow

यौन शोषण आरोपी प्रधानले फिर्ता लिए निर्वाचन आयोगको आयुक्तमा प्रस्तावित आफ्नो नाम

logo
हाम्रा कुरा
प्रकाशित २०८१ साउन १४ सोमबार
krishnaman-pradhan-election-commission.jpg
तस्बिर – फाइल ।

काठमाडौँ । निर्वाचन आयोगको आयुक्तमा प्रस्तावित कृष्णमान प्रधानले आफ्नो नाम फिर्ता लिएका छन् । प्रधानबारे निर्णय लिन संघीय संसद्को संसदीय सुनुवाइ समिति बैठक साँझ ५ बजे बस्दै थियो । 

यसअघि बिहान साढे ११ बजे बस्ने भनिएको बैठक साँझ ५ बजेसम्मका लागि सारिएको थियो ।

यस बैठकले प्रस्तावित आयुक्त प्रधानलाई अनुमोदन गर्ने वा नगर्ने भन्ने विषयमा निर्णय लिने बताइएको थियो । तर समितिले निर्णय नगर्दै प्रधानले आफ्नो नाम फिर्ता लिएका छन् ।

प्रधानमाथि महिलालाई यौन शोषण गरेको आरोप छ । पीडित महिलाले समितिमा नै आएर बयान दिएकी थिइन् भने उनले उजुरी पनि दिएकी थिइन् । सुनुवाइका क्रममा प्रधानले भने महिलासँगको विवाद अदालतमा मिलिसकेको बताएका थिए ।

यौन शोषण जस्तो गम्भीर आरोप लागेको व्यक्तिलाई संवैधानिक आयोगमा नियुक्त गर्न नहुने भन्दै चौतर्फी विरोधसमेत भएको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ