- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
तनहुँ । तनहुँस्थित दमौली अस्पतालमा पहिलोपटक पाठेघरकाे शल्यक्रिया गरिएकाे छ । अस्पतालमा व्यास नगरपालिकाकी एक महिलाको पाठेघरको शल्यक्रिया गरिएको प्रमुख डा परिवर्तन बरालले जानकारी दिए ।
अस्पतालका प्रसूति विशेषज्ञ डा कुमार विष्टको समूहले ती महिलाको पाठेघरकाे शल्यक्रिया गरेका हुन् ।
अस्पतालमा यो सेवा सुरु भएसँगै दमौली तथा आसपासका भेगका महिलालाई सहज हुने विश्वास छ । प्रमुख बरालले भने, “यसअघि यस सेवाका लागि पोखरा, चितवन वा अन्यत्रै जानुपर्थ्याे, अब यहीँ यो सेवा नियमित रुपमा सञ्चालन हुनेछ ।”
पन्ध्र शय्यामा स्वीकृत अस्पतालले हाल ५० शय्याबाट सेवा दिइरहेको छ । बढ्दो बिरामीको चापसँगै अस्पतालको क्षमता विस्तार गर्नुपर्ने आवश्यकता रहेको बरालले बताए ।
विसं २०३४ मा स्वास्थ्यचौकी र विसं २०५५ मा प्राथमिक स्वास्थ्य केन्द्रका रुपमा स्तरोन्नति भएको सो अस्पताल विसं २०५९ मा अस्पतालमा स्तरोन्नति भएको थियो ।
अस्पतालले दमौली मात्र नभई छिमेकी जिल्लाका बासिन्दालाई सेवा दिइरहेको छ । तीव्र सहरीकरण र बढ्दो जनसङ्ख्यासँगै अस्पतालले उक्त शय्यामा सेवा दिने अवस्था छैन । अस्पतालको स्तरोन्नतिका लागि पटकपटक प्रयास भए पनि त्यसले मूर्त ्रप लिन नसकेको बताइन्छ ।
अस्पताल विस्तारका लागि सङ्घीय सरकारको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले कृषि ज्ञान केन्द्र र भेटेरिनरी अस्पताल तथा पशु सेवाविज्ञ केन्द्रको स्वामित्वमा रहेको जग्गा अस्पताल विस्तारका लागि प्रदान गर्ने निर्णय भएको थियो । सो निर्णय कार्यान्वयन नहुँदा विस्तार कार्य रोकिएको छ ।
अस्पतालमा फोहर पानीको व्यवस्थापन, फोहरमैला व्यवस्थापनका लागि अटोक्लेप्ससहितको भवन निर्माण, आँखा विशेषज्ञसहितको सेवा सञ्चालन, अत्याधुनिक दाँत सेवा, यनेस्थेसिया सेवा, भेन्टिलेटरसहित आइसियु कक्ष, अत्याधुनिक ल्याब सेवा, डिजिटल एक्स-रे, निःशुल्क औषधि कक्ष लगायतका सेवा विस्तार भइसकेको छ ।
साथै शव राख्नका लागि दुई तह भएका दुई मर्चरी चेम्बरको पनि अस्पतालमा व्यवस्था गरिएको छ । अस्पतालले इमर्जेन्सी सेवा, फार्मेसी, एआरटी, ल्याब्रोटोरी, दन्त, आँखा सेवाका अतिरिक्त मानसिक उपचार र डायलासिस सेवा समेत प्रदान गर्दै आइरहेको छ ।