arrow

युरोपियन युनियनबाट बाहिरिन खोजे बेलायत टुक्रिन सक्ने पूर्वप्रधानमन्त्री जोन मेजरको दावी

logo
प्रकाशित २०७२ पुष २ बिहिबार
27D0E1B400000578-3362082-Sir_John_warned_negotiating_a_divorce_from_the_European_Union_co-m-10_1450266866865.jpg.jpeg
लन्डन । बेलायतका पूर्वप्रधानमन्त्री जोन मेजरले यदि बेलायतले युरोपियन युनियनबाट अलग्गिने पक्षमा जनमत सङ्ग्रहमा मतदान भएमा देश टुक्रिन सक्ने बताउनुभएको छ । पूर्वप्रधानमन्त्री मेजरले बीबीसी रेडियोलाई दिनुभएको अन्तरवार्तामा भन्नुभयो, “यदि बेलायतले युरोपियन युनियनबाट अलग्गिने वा नअलग्गिने भन्ने सन्दर्भमा जनमत सङ्ग्रह भएमा स्कटल्यान्डले बेलायतबाट स्वतन्त्र हुने पक्षमा निर्णय लिने संभावना रहनेछ ।” 
 
जनमत सङ्ग्रह भएमा युनाइटेड किङडम (यूके) टुक्रिने छ र यसको नराम्रो असर बेलायतलाई पर्नेछ । बेलायतका प्रधानमन्त्री डेभिड क्यामरुनले बेलायतको युरोपेली सदस्यताका बारेमा युरोपेली महासङ्घका नेतासँग बेलायतलाई ईयूबाट छुट्याउने जनमत सङ्ग्रह गर्नका लागि छूट पाउनुपर्ने बताउँदै आउनुभएको छ । सन् २०१७ को अन्त्यसम्ममा बेलायतको ईयूको सदस्यता बारेमा जनमत गर्न पाउनुपर्ने बारेमा प्रधानमन्त्री क्यामरुनले यस साताको सम्मेलनमा ईयू सदस्य राष्ट्रका नेतासँग बताउनुभएको थियो । गएको वर्ष भएको जनमत सङ्ग्रह अभियानमा स्कटल्यान्डको नेतृत्वले यूकेमा नै रहने र ईयूबाट नअलग्गिने पक्षमा चाहना व्यक्त गरेको थियो । एपी 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ