arrow

‘बेसिक लाइफ सपोर्ट डे’

logo
सरोजश्री अधिकारी, 
प्रकाशित २०८१ साउन १५ मंगलबार
life-support-training-81-4-.jpg

धुलिखेल । धुलिखेल अस्पतालले प्रत्येक वर्ष साउन १५ गते मनाउँदै आएको ‘बेसिक लाइफ सपोर्ट डे’ यो वर्ष पनि विभिन्न कार्यक्रम गरेर मनाएको छ ।

मंगलबार धुलिखेल अस्पतालको अडिटोरियम हलमा आयोजित कार्यक्रममा बोल्ने अधिकांश वक्ताले मानव जीवन रक्षाको लागि बेसिक लाइफ सपोर्टका विभिन्न विधिको महत्व रहेको चर्चा गरेका थिए । 

अस्पतालका कार्यकारी निर्देशक डा रामकण्ठ माकजू श्रेष्ठले जीवनको महत्व धेरै हुने भएकोले यसको रक्षाको लागि स्वास्थ्यकर्मीका साथै हरेक नागरिकले भूमिका खेल्नुपर्ने बताए ।

अस्पतालका प्रशासकीय निर्देशक विराजमान कर्माचार्यले अरुको पीडा कम गर्ने, नयाँ जीवन दिने पेशामा रहेका स्वास्थ्यकर्मीले एउटा व्यक्तिको ज्याउन जोगाउन सक्नु नै जीवनको सार्थकता भएको बताए । 

धुलिखेल अस्पतालले बेसिक लाइफ सपोटका तालिम दिइरहेको भन्दै थप जनशक्तिलाई प्रशिक्षण दिन तयार रहेको बताए । अस्पतालका मेडिकल निर्देशक डा. बलराम मल्लले काभ्रे र सिन्धुपाल्चोकका धेरै जनालाई दिएको भन्दै प्रत्येक बेसिक लाइफ सपोर्ट तालिम आवश्यक भएको चर्चा गरे । 

अस्पतालको अर्थोपेडिक विभागमा कार्यरत डा विकास पराजुलीका अनुसार अस्पतालले हालसम्म १५ सय भन्दा बढीलाई बेसिक लाइफ सपोर्ट तालिम दिइसकेको जनाएको छ । 

धुलिखेल अस्पतालका १ सय ८० जना, काभ्रेका ३ सय ६९ जना र सिन्धुपाल्चोकका ९ सय ६८ जनाले पहिलो पटक बेसिक लाइफ सपोर्ट तालिम प्राप्त गरेका छन् । 

धुुलिखेल अस्पतालको इमर्जेन्सी विभागमा कार्यरत डा. सम्झना बस्नेतका अनुसार, विद्यालयका शिक्षक, माध्यमिक तहका विद्यार्थीहरुलाई तालिम दिने तयारी छ । 

कार्यक्रममा काडमाडौंँ विश्वविद्यालय स्कूल अफ मेडिकल साइन्सेसमा अध्ययनरत विद्यार्थी र इमर्जेन्सी विभागमा कार्यरत स्वास्थ्यकर्मीले बेसिक लाइफ सपोर्टका विभिन्न विधिको बारेमा नाटकीय प्रस्तुतिमार्फत जनचेतना जगाएका थिए । 

बेसिक लाइफ सपोर्ट अन्तर्गत सिपिआर, कृत्रिम स्वासमार्फत मानिसहरुको जीवन रक्षा भएको अनुभव कार्यक्रममा सार्वजनिक गरिएको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ