arrow

प्रमुख प्रतिपक्षको भूमिकालाई सशक्त बनाउने माओवादी केन्द्रको निर्णय [भिडियो]

logo
हाम्रा कुरा
प्रकाशित २०८१ साउन १६ बुधबार
agni.jpg

काठमाडौँ ।  नेकपा (माओवादी केन्द्र) ले प्रमुख प्रतिपक्षको भूमिकालाई सशक्त बनाउने निर्णय गरेको छ । मंगलबारको पदाधिकारी बैठकपछि पार्टी केन्द्रिय कार्यालय पेरिसडाँडामा बसेको बैठकले सो निर्णय गरेको पार्टी प्रवक्ता अग्निप्रसाद सापकोटाले बताए । 

उनले पाँच दिनदेखिको छलफलमा गम्भीर रुपमा छलफल भएको बताए । उनले प्रमुख प्रतिपक्षको भुमिकालाई सशक्त रुपमा निर्वाह गर्ने, सदनलाई प्रभावकारी बनाउने विषयमा छलफल भएको बताए । उनले जनताका जल्दा बल्दा समस्याहरु र पार्टी अध्यक्ष पुष्पकमल दाहाल नेतृत्वको सरकारले सामाजिक न्यायसहितको सुशासन, समृद्धिका सवाललाई अझ खोज अनुसन्धानसहित गम्भीरतापूर्वक उठाउने र भ्रष्टाचारबिरोधी अभिायन अघि बढाउन सरकारलाई दबाब दिने निर्णय भएको बताए । उनले आगामी निर्वाचनमा एक्लै चुनाव लड्नेगरी तयारी गर्ने निर्णय भएको पनि बताए । 

उनले भने, ‘५ दिनदेखि बैठकमा छलफल गरिरहेका थियौँ । घनिभुत छलफल भएको छ । प्रमुख प्रतिपक्षको भुमिकामा पनि हामी छौँ । प्रमुख प्रतिपक्षको भुमिकालाई सशक्त रुपमा निर्वाह गर्ने, सदनलाई प्रभावकारी बनाउने, हाम्रो संख्या कम छ र कम भएपनि गुणात्मक बनाउने, देश र जनताका जल्दा बल्दा समस्याहरु र पहिला हाम्रो सरकारले शुरु गरेका सामाजिक न्यायसहितको सुशासन, समृद्धिका सवाललाई अझ खोज अनुसन्धानसहित गम्भीरतापूर्वक उठाउने र ति भ्रष्टाचारबिरोधी अभिायन अघि बढाउन सरकारलाई दबाब दिने, आगामी निर्वाचनमा एक्लै चुनाव लड्नेगरी तयारी गर्नुपर्छ । जसले गर्दा हाम्रा विचार, राजनीतिक कार्यदिशा, दृष्टिकोण जनतामा सोझै पुग्न सकियोस् । यो जनतामा जाने सुवर्ण अवसर पनि हो । वृहत वामपन्थी एकीकरणलाई संयुक्त मोर्चालाई बिस्तार गर्दै लैजान्छौँ । कम्युनिष्ट पार्टीको पुनःगठन निश्चित हुन्छ ।’


उनले वृहत वामपन्थी एकीकरणलाई संयुक्त मोर्चाबाट बिस्तार गर्दै जाने र कम्युनिष्ट पार्टीको पुनःगठन निश्चित गर्ने पनि बताए । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ