arrow

लेखा समितिका सभापतिले पदको दुरुपयोग गरेको माओवादीको आरोप

logo
हाम्रा कुरा
प्रकाशित २०८१ साउन १६ बुधबार
rishikesh-pokhrel-12-22.jpg
लेखा समितिका सभापति ऋषिकेश पोखरेल

काठमाडौँ ।  नेकपा (माओवादी केन्द्र)का सांसद माधव सापकोटाले सार्वजनिक लेखा समितिका सभापति ऋषिकेश पोखरेल र डेडिकेटेड र ट्रंक लाईनको बक्यौता रकम असुली गर्न बाँकी रहेका व्यापारीसँग भेटेर पको दुरुपयोग गरेको आरोप लगाएका छन् ।

डेडिकेटेड र ट्रंक लाईनको बक्यौता रकम नतिरेको भन्दै विवाद भइरहेका बेला सांसद सापकोटाले सो रहस्यमय ढङ्गको भेटबारे आफूले सूचना पाएको दाबी गरेका हुन् । 

मंगलबार प्रतिनिधि सभा बैठकको शून्य समयमा बोल्दै उनले सभापति पोखरेलले पदीय दुरुपयोग गर्दै विवादास्पद व्यापारीसँग भेट गरेको उल्लेख गरे । उनले घटनाको गम्भीरतापूर्वक छानबिन गर्न पनि सरकारसँग माग गरे । 

उनले भने, ‘डेडिकेटेड फिडर र ट्रंक लाईनको विषयमा सार्वजनिक लेखा समितिमा बहस कायमै छ । तर उक्त समितिका सभापति र झगडियाहरूमध्ये बक्यौता समेत कायम रहेका एक जना व्यापारीका बीचमा रहस्यमय भेट भएको सूचना आएको छ । पदीय दुरुपयोगको यस घटनाको गम्भीरतापूर्वक छानबिनका लागि जोडदार माग गर्दछु ।’



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ