arrow

सपिङ सेन्टरमा आगलागी, करोड भन्दा बढीको क्षति

logo
हाम्रा कुरा
प्रकाशित २०८१ साउन १६ बुधबार
aaglagi 1.jpg
तस्बिर : आशिष पुरी

पोखरा । पोखरा महानगरपालिका वडा नं. ६ लेकसाइड नारेश्वरस्थित एक सपिङ सेन्टरमा आगलागी भएको छ । नारेश्वरको चौतारी अगाडि सुजन गहतराज सञ्चालक रहेको मुक्तिनाथ सपिङ सेन्टरमा आगलागी भएको हो ।

गएराति २ः१५ बजे भएको आगलागीबाट एक करोड बढीको क्षति भएको अनुमान गरिएको छ । सपिङ सेन्टरमा भएका सबै सामान जलेर नष्ट भएको बताइएको छ ।

राति नै प्रहरी र दमकलको सहायताले आगो नियन्त्रणमा लिइएको कास्की प्रहरीका सूचना अधिकारी डीएसपी वसन्तकुमार शर्माले जानकारी दिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ