कञ्चनपुर । कञ्चनपुरको देखतभूली गाविसमा निर्माण भएको झोलुङ्गे पुल आवत आवत गर्न निकै जोखिम छ । पुलको दुवैतिर चढ्ने भाग पहाड जस्तै ठाडो छ । कम स्लोभ भएका कारण पनि आवत जावत गर्न निकै समस्या भएको हो ।
गाउँमा पुल बनेपनी स्थानियहरुलाई हर्ष हुनुपर्ने ठाँउमा विष्मात भएको छ । डोलीडारले हालै देतभूलीको वडा नम्बर ६ र ९ जोड्ने बनहरा नदीमा झोलुङ्गे पुल निर्माण गरेको थियो । स्थानियहरुका अनुसार आर्थिक अनियमिता भएका कारण पुल झोलुङ्गे पुल जस्तो भएको छैन् ।
देखतभूलीका स्थानिय अगुवा नेता लक्ष्मण बहादुर कार्कीले पुल बनेपछि स्थानियहरुलाई सुविधा नभएको बताए । ‘पुलको दुवैतिर चढ्ने भाग निकै ठाडो छ ।’ उनले भने ‘उकालो सिधै ठाडो भएकाले चढ्न समस्या भएको छ ।’ मोटरसाईकल र साईकलवाहरु बढि दुर्घटनामा परेको उनले बताए ।
स्थानियहरुले राम्रो बनाउन निर्माण कम्पनीसंग माग गरेपनि स्थानियको माग वेवास्ता गरेका कारण जोखिम मोलेर पुलको प्रयोग गर्नु परेको उनको दुखेसो छ ।
देखतभूलीका स्थानिय पदमा रानाले गाउँमा पुल बनेपछि आफुहरु खुसी भएपनी पुलको अवस्था देखेर चिन्तित भएको बताईन् । ‘यो झोलुङ्गे पुल हो, पर्खाल हामीलाई समस्या भयो ।’ उनले भने ‘पुल निर्माण गर्दा स्थानियको समस्या ध्यानमा राखिएन् ।’ स्थानिय ठाडोलाई पूर्ननिर्माण गर्न समेत माग गरेका छन् ।
कञ्चनपुरका स्थानिय विकास अधिकारी राजेश पौडेलले समेत उक्त पुलको अवलोकन गरेका छन् । स्थानीयहरुका सामु स्थानिय विकास अधिकारी पौडेलले निर्माण कम्पनीसंग पुल सुधारका लागि पहल गर्ने आश्वासन दिएका थिए ।