arrow

दुई हजारभन्दा बढीमा डेङ्गी सङ्क्रमण

logo
हाम्रा कुरा
प्रकाशित २०८१ साउन १७ बिहिबार
dengue--ji-ha.jpeg

काठमाडौँ । देशभर दुई हजारभन्दा बढीमा डेङ्गी रोगको सङ्क्रमण देखिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका किटजन्य रोग शाखाका प्रमुख डा गोकर्णप्रसाद दाहालले ७३ जिल्लाका दुई हजार ६१ जनामा सङ्क्रमण देखिएको जानकारी दिए । 

मन्त्रालयले यसवर्ष सरदरभन्दा बढी वर्षा हुने आँकलन गरिएको हुँदा मनसुनसँगै लामखुट्टेको प्रजननका लागि अनुकूल अवस्था बन्न सक्ने र डेङ्गी रोगको सङ्क्रमण थप बढ्न सक्ने अनुमान गरेको उनले बताए । 

मुस्ताङ, डोल्पा, जुम्ला र हुम्लाबाहेक सबै जिल्लामा डेङ्गीको सङ्क्रमण फैलिएको जनाइएको छ ।

सबैभन्दा बढी काठमाडौँमा दुई सय ४९ जनामा डेङ्गी देखिएको छ ।

यस्तै झापामा एक सय ३० र चितवनमा एक सय पाँच जनामा सङ्क्रमण देखिएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ