arrow

कपास उद्योगमा आगलागी

logo
हाम्रा कुरा
प्रकाशित २०८१ साउन १७ बिहिबार
aaglagi-pokhara-4.jpg

पोखरा । पोखरा महानगरपालिका वडा नं. ३ तेर्सापट्टीस्थित एक कपास उद्योगमा आगालागी भएको छ ।

आज बिहान करिब ११ बजे पश्चिमाञ्चल कपास उद्योगमा आगलागी भएको हो । आगलागीबाट कपास, मेसिन र अन्य सामाग्री गरी करिब २२ लाख रुपैयाँको क्षति भएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय कास्की, वडा प्रहरी कार्यालय बगरबाट खटिएको टोलीले करिब २ घण्टामा नियन्त्रणमा लिइएको कास्की प्रहरीका सूचना अधिकारी वसन्तकुमार शर्माले जानकारी दिए । विद्युत सर्ट भएर आगलागी भएको प्रहरीको अनुमान छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ