arrow

चुनखोलाले बगाएर बुढाको मृत्यु

logo
हाम्रा कुरा
प्रकाशित २०८१ साउन २० आइतबार
Rukum_District.png
फाइल तस्बिर

त्रिवेणी । खोलाले बगाउँदा रुकुमपश्चिमको मुसिकोट नगरपालिका-७ झुलखेतका ५० वर्षीय तेजबहादुर बुढाको मृत्यु भएको छ । बुढालाई सोही ठाउँको चुनखोलाले शनिबार बगाएको हो ।

वडा नं ६ र ७ को सिमाना झुलखेतबाट बगेका बुढाको शव वडा नं ३ र १३ को बीचमा पर्ने काउलेचौरस्थित मुग्लुखोलाबाट निकालिएको जिल्ला प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक नवराज पोखरेलले जानकारी दिए ।

उनका अनुसार काउलेचौरको झोलुङ्गे पुल नजिकै मुग्लुखोलामा बगिरहेको अवस्थामा शव फेला पारेको हो ।

बुढाको पारिवारिक झगडा भएको र मर्छु भनेर निस्किएको जानकारी प्राप्त भएको प्रहरी प्रमुख पोखरेलले जानकारी र्दिए ।

बुढाले खोलामा हाम फालेर आत्महत्या गरेको हुन सक्ने प्रहरीको आशङ्का गरेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ