arrow

कपडा व्यवसायी एसोसिएसनमा लेखनाथ

logo
हाम्रा कुरा
प्रकाशित २०८१ साउन २० आइतबार
kapada-lekhnath.jpg

पोखरा । कपडा व्यवसायी एसोसिएसन कास्कीको अध्यक्षमा लेखनाथ पौडेल निर्वाचित भएका छन् ।

संस्थाको शनिबार सम्पन्न २३औँ साधारणसभा एवं १२औँ अधिवेशनले पौडेललाई सर्वसम्मत अध्यक्षमा निर्वाचित गरेको हो । पौडेल यसअघिको कार्यसमितिमा वरिष्ठ उपाध्यक्ष थिए ।

संस्थाका वरिष्ठ उपाध्यक्षमा रामचन्द्र तिमिल्सिना, उपाध्यक्षमा चोकबहादुर गुरुङ छन् । यसअघि तिमिल्सिना उपाध्यक्ष र गुरुङ महासचिव थिए ।

अधिवेशनले एसोसिएसनको महासचिवमा पूर्णबहादुर थापा, सचिवमा ममता गुरुङ, कोषाध्यक्षमा रोशनलाई निर्वाचित गरेको छ ।

कार्यसमिति सदस्यमा नारायण अधिकारी, दीपेन्द्रराज आचार्य, विकास भालोठीया, विजय विक्रम दाहाल र राजु सुनुवार छन् ।

संस्थाका कानूनी सल्लाहकार अधिवक्ता दयाराम गौतम संयोजक, पूर्वअध्यक्षद्वय जनकराज पराजुली र यमनाथ तिमिल्सिना सदस्य रहेको निर्वाचन समितिले नयाँ कार्यसमिति चयन गरेको हो ।

यसअघि कार्यक्रम उद्घाटन गर्दै कास्कीका प्रमुख जिल्ला अधिकारी भरतमणि पौडेलले व्यवसायीको जीउ धनको सुरक्षामा कुनै कमि हुन नदिने स्पष्ट पारे । उनले व्यवसायीले आफ्नो धर्मअनुसार उपभोक्ताको हितमा ध्यान दिनुपर्नेमा जोड दिए ।

देशको अर्थतन्त्र खुम्चिएको अवस्थामा व्यवसाय पनि खुम्चिएको भन्दै उनले अर्थतन्त्र र व्यवसायले विस्तारै लय लिने विश्वास व्यक्त गरे ।

पोखरा उद्योग वाणिज्य संघका उपाध्यक्ष देवेन्द्र केसीले व्यवसायीका थुप्रै समस्या रहेका र ती समस्याप्रति संघ सधैँ गम्भीर भएर लागेको स्पष्ट पारे ।

साँघुमुख महेन्द्रपुल बजार समितिका अध्यक्ष नवराज कोइरालाले व्यवसायीका समस्याप्रति पोउवासंघ गम्भीर बन्न नसकेको गुनासो गरे ।

पोखरा उद्योग वाणिज्य संघका सदस्य जीवन प्रकाश श्रेष्ठ, संस्थाका निवर्तमान अध्यक्ष विष्णुप्रसाद तिमिल्सिना, पूर्वअध्यक्ष यमनाथ तिमिल्सिना, फेन्सी व्यवसायी संघका अध्यक्ष एकनारायण पनेरु, कानूनी सल्लाहकार अधिवक्ता दायाराम गौतम, नेपाल पत्रकार महासंघ कास्कीका कार्यसमिति सदस्य हरि पन्त, व्यवसायी सनतकुमार श्रेष्ठलगायतले बोलेका थिए ।

संस्थाका अध्यक्ष गजेन्द्रमान श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा वरिष्ठ उपाध्यक्ष एवं कार्यक्रम संयोजक लेखनाथ पौडेलले स्वागत र महासचिव चोकबहादुर गुरुङले कार्यक्रम सञ्चालन गरेका थिए ।

कार्यक्रममा पत्रकार हरि पन्त, व्यवसायी सनतकुमार श्रेष्ठ, वामदेव भुजेल, मायानाथ सुवेदी, उद्यमी गौमाया थापालगायतलाई सम्मान गरिएको थियो ।

सो अवसरमा व्यवसायी हरिप्रसाद बरालले कविता र सिजन गुरुङले नृत्य प्रस्तुत गरेका थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ