arrow

गगन थापाको प्रतिबद्धता- कांग्रेसलाई आस्था र निष्ठाको केन्द्र बनाएर छाड्छौँ [भिडियो]

पार्टी भित्रको शुद्धीकरणको विषयलाई गम्भीरतापूर्वक लिन्छौँ

logo
हाम्रा कुरा
प्रकाशित २०८१ साउन २० आइतबार
gagan-thapa-04-20.jpg

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले नेपाली कांग्रेस पार्टीलाई आस्था र निष्ठाको केन्द्र बनाउने बताएका छन् । आइतबार नेपाली कांग्रेस पार्टी केन्द्रीय कार्यालय सानेपामा भएको प्रजातन्त्र सेनानी सङ्घको प्रशिक्षण कार्यक्रममा बोल्दै महामन्त्री थापाले पार्टीलाई आस्था र निष्ठाको केन्द्र बनाउने प्रतिबद्धता व्यक्त गरेका हुन् । 

उनले पार्टीभित्र भएका गल्ती तथा कमजोरीहरूलाई सच्याएर अग्रज नेता तथा कार्यकर्ताहरूले भरोसा गर्ने ठाउँमा पार्टीलाई पुर्‍याउने बताए । उनले पार्टीले गर्ने निर्णयहरूलाई शुद्ध र पवित्र राख्ने पनि बताए । उनले पार्टीभित्रको शुद्धिकरणको विषयलाई पनि आफूहरूले गम्भीरतापूर्वक लिएको बताए । 

उनले भने – ‘नेपाली कांग्रेस पार्टी अझ शुद्ध होस् । पार्टीको निर्णयहरूको पक्षमा चोक, चौतारामा मज्जाले वकालत गर्न पाइयोस् । बोल्न पाइयोस् । पार्टीले गर्ने निर्णयहरूको कारणले गर्दा तपाईँहरूको कसैको शीर ननिहुरियोस् । कहाँ बसेर हामीले एउटा निर्णय गरेका हुन्छाँै त्यो निर्णय गलत भयो भने अथवा गलत व्यक्ति छानियो भनेदेखि गाउँमा बसेको एउटा कांग्रेसले अनावश्यक ढङ्गले त्यसको उत्तर दिँदै हिँड्नुपर्ने अवस्था आउँछ । त्यस्तो अवस्था नआओस् भन्ने तपाईँहरूको चाहाना जुन छ, त्यसको निम्ति कतिपय कुराहरू परिणाममा पुर्‍याउन सकिएको होला । कतिपय कुरा परिणाममा पुर्‍याउन नसकिएको होला । तर प्रयत्न गर्ने कुरा छोडेको छैन । छोड्दैनौँ । यसलाई शुद्ध राख्ने, पवित्र राख्ने कुराको सन्दर्भमा यसलाई छोड्दैनौँ । पार्टी भित्रको शुद्धीकरणको विषयलाई गम्भीरतापूर्वक लिन्छौँ । गल्ती कमजोरीहरू सच्याएर पार्टीलाई भरोसा गर्ने ठाउँसम्म पुर्‍याउँछौँ । कांग्रेसलाई आस्थाको केन्द्र, निष्ठाको केन्द्र फेरि एक पटक बनाउनुपर्छ भन्ने तपाईँहरूको चाहाना अनुसार त्यस्तो पार्टी बनाएरै छाड्छौँ ।’
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ