arrow

मध्यपूर्वमा बढ्दो तनावकाबीच जोर्डनका विदेशमन्त्री इरानमा

logo
हाम्रा कुरा
प्रकाशित २०८१ साउन २१ सोमबार
middle-east-map.jpg

काठमाडौँ। हमास प्रमुख इस्माइल हानियाको हत्यापछि इरान र इजरेलबीच तनाव बढ्ने आशङ्का बढ्दै गएपछि जोर्डनका विदेशमन्त्री अयमान सफादीले आइतबार इरानका अधिकारीहरूसँग वार्ता गरेका छन् । 

इरानका राष्ट्रपति मसुद पेजेसकियानको सपथ ग्रहण समारोहमा सहभागी भएका लडाकू समूह हमासका राजनीतिक प्रमुख हानियाको बुधबार बिहान तेहरानमा हत्या भएको थियो । 

इरान र तेहरानले समर्थन गरेको हमास लडाकूहरूले जवाफी कारबाही गर्ने वाचा गरेका छन् र हानियाको हत्याका लागि इजरेललाई दोष दिएका छन् । इजरेलले हत्याप्रति टिप्पणी गर्न अस्वीकार गरेको छ । 

सफादीले दुर्लभ भ्रमणका क्रममा तेहरानमा ओर्लिएपछि कार्यवाहक विदेशमन्त्री अली बघेरीसँग ‘भेटघाट र परामर्श’ गरेको आइएसएनए समाचार एजेन्सीले बताएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ