arrow

हसिनालाई भारतमै छाडेर फर्कियो सैन्य जहाज

logo
हाम्रा कुरा
प्रकाशित २०८१ साउन २२ मंगलबार
sheikh-hasina-bangladesh-UN.jpg
तस्बिर – फाइल ।

अपडेटः हसिनालाई लिएर आएको बंगलादेशी सैन्य जहाज हसिनालाई भारतमै छाडेर फर्केको हो । 

काठमाडौँ । प्रधानमन्त्री पदबाट राजीनामा दिइ बंगलादेशबाट भागेर भारत आएकी शेख हसिनाले भारत छाडेकी छिन् । 

हिंडन एयरबसमार्फत सोमबार स्थानीय समयअनुसार साँझ ६ बजे भारत आएकी हसिना मंगलबार बिहान भारत छाडेकी हुन् । 

सी–१३० ट्रान्सपोर्ट एयरक्राफ्टमार्फत उनले भारत छाडेकी हुन् । यद्यपि उनी कहाँका लागि उडिन् भन्ने यकिन भएको छैन । 

मिडिया रिपोर्टसका अनुसार उनी बेलायतको लण्डन वा फिनल्याण्ड वा अन्य कुनै देशमा जानसक्ने आँकलन भइरहेको छ । 

प्रधानमन्त्रीमा युनुसको नाम सिफारिस

यता हसिना भागेपछि बंगलादेशमा नोबेल पुरस्कार विजेता मोहम्मद युनुस नयाँ प्रधानमन्त्री बन्ने लगभग पक्का भएको छ । 

आन्दोलित विद्यार्थी नेताहरुले प्रधानमन्त्रीमा युनुसको नाम सिफारिस गरेका छन् । 
 

युनुसले हसिनाले राजीनामा दिएर भागेपछि बंगलादेश बल्ल स्वतन्त्र भएको प्रतिक्रिया दिएका छन् । उनले भने, ‘जबसम्म हसिना प्रधानमन्त्री थिइन् तबसम्म हाम्रो देश गुलामी गरिरहेको थियो । उनले सबै चिजमा तानाशाह शैलीमा नियन्त्रण गर्थिन् । आज देशका सबैले स्वतन्त्र महसुस गरेका छन् ।’

हसिना प्रधानमन्त्री हुँदा उनको पार्टी अवामी लिगले उनीमाथि १९० उजुरी दर्ता गराएका थिए । 
 

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ