यता हसिना भागेपछि बंगलादेशमा नोबेल पुरस्कार विजेता मोहम्मद युनुस नयाँ प्रधानमन्त्री बन्ने लगभग पक्का भएको छ ।
आन्दोलित विद्यार्थी नेताहरुले प्रधानमन्त्रीमा युनुसको नाम सिफारिस गरेका छन् ।
युनुसले हसिनाले राजीनामा दिएर भागेपछि बंगलादेश बल्ल स्वतन्त्र भएको प्रतिक्रिया दिएका छन् । उनले भने, ‘जबसम्म हसिना प्रधानमन्त्री थिइन् तबसम्म हाम्रो देश गुलामी गरिरहेको थियो । उनले सबै चिजमा तानाशाह शैलीमा नियन्त्रण गर्थिन् । आज देशका सबैले स्वतन्त्र महसुस गरेका छन् ।’
हसिना प्रधानमन्त्री हुँदा उनको पार्टी अवामी लिगले उनीमाथि १९० उजुरी दर्ता गराएका थिए ।