arrow

उदयपुरमा हलेसी दर्शन गर्न गएकाहरु चढेको बस दुर्घटना, ३ को मृत्यु

३९ घाइते मध्ये केहीको अवस्था नाजुक

logo
प्रकाशित २०७३ मंसिर २४ शुक्रबार
Udayapur-hamrakura.jpeg

कटारी । उदयपुरको लेखानी–५ भदौरेमा यात्रु बस दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ ।  खोटाङको हलेसी दर्शन गरेर फर्कदै गरेका यात्रु चढेकाे बा ४ ख ३६२० नम्बरको बस बिहान सिद्धिचरण लोकमार्गअन्तर्गत कटारी घुर्मी खण्डको लेखानीमा दुर्घटना हुँदा ३ जनाको मृत्यु घटनास्थलमै मृत्यु भएको उदयपुर प्रहरी प्रमुख एवं प्रहरी उपरीक्षक (एसपी) नरबहादुर केसीले हाम्राकुरालाई जाकारी दिए ।

सप्तरी मधुपत्ती- ६ बस्ने ३३ वर्षीया कुशुमदेवी राम, साेही ठाउँ बस्ने  १३ वर्षीय  दिपेश राम र मधुपत्ती -७ बस्ने  वर्ष ६० की सरस्वतीदेवी रामको मृत्यु भएको हाे । घाईते ३९ जनाको कटारीमा उपचार भइरहेको एसपी केसीले जानकारी दिए । घाइते मध्ये केहीको अवस्था जटिल रहेको उनले बताएका छन् ।

चालकको अवस्था नाजुक रहेकाले दुर्घटनाको प्राविधिक कारण खुल्न बाँकी रहेको बताइएको छ । यद्यपि, हुसु लागेको र गाडी इन्जिनको समस्याका कारण दुर्घटना भएको प्रारम्भिक जानकारी आएको एसपी केसीले बताए । 

सप्तरीबाट हलेसी महादेवको दर्शन गर्न गएको दर्शनार्थीको टोली चढेको बस फर्कने क्रममा दुर्घटना भएको हो । बसमा ४२ जना दर्शनार्थी रहेको एसपी केसीको भनाई छ । घटनाको थप विवरण लिग एसपी केसी र कटारीका प्रहरी नायव उपरीक्षक चिरिञ्जिवि कोइराला दुवैको टोली घटनास्थल गएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ