arrow

हैजा रोक्न के गर्दैछ सरकार ? यस्ता छन् स्वास्थ्य मन्त्रालयका योजना 

logo
हाम्रा कुरा
प्रकाशित २०८१ साउन २२ मंगलबार
pradip-poudel-minister-heal.jpg
तस्बिर – फाइल ।

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले हैजा नियन्त्रण तथा रोकथामका लागि देशभरका प्रभावित क्षेत्रहरूमा हैजाको प्रकोपलाई नियन्त्रण गर्न विभिन्न उपायहरू अपनाउँदै आएको जनाएको छ।

मन्त्रालयले प्रभावित प्रदेश, जिल्ला र स्थानीय तहसँग सहकार्य र समन्वयमा द्रूत प्रतिकार्य टोली परिचालन गरेको प्रेस नोट जारी गरी जनाएको छ। 

प्रभावित क्षेत्रहरूमा नियमित केस अनुसन्धान, बिरामीहरूको सक्रिय खोजी र केसको प्रत्यक्ष सम्पर्कमा आएका व्यक्तिहरूमा लक्षणको निगरानी गरिरहेको छ । यससँगै, स्वास्थ्य शिक्षाका सामग्रीहरू तयार पारेर प्रसारण गरिरहेको छ।

स्वास्थ्य मन्त्री प्रदीप पौडेलको सचिवालयले जनाएअनुसार हैजाको निगरानीका सन्दर्भमा देशभरका १४४ अस्पतालहरूमा झाडापखालाका बिरामीहरूको नियमित रूपमा हैजाको निगरानी भइरहेको छ। 

जिल्ला र स्थानीय तहमार्फत खानेपानीको गुणस्तर निगरानी सम्बन्धी कार्य प्रभावकारी रूपमा भइरहेको छ। साथै एउटै टोलबाट एक हप्ताभित्रमा ५ जना भन्दा बढी झाडापखालाका बिरामीहरू देखा परेमा इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको टोल फ्री हटलाइन नम्बर १११५ मा सम्पर्क गरी जानकारी गराउने व्यवस्था गरेको छ।

जनचेतना र सरसफाइ सम्बन्धी क्रियाकलापमा, बिरामी देखिएका स्थानहरूमा खानेपानीको नमूना जाँच कार्य गरिरहेको छ। साथै, खानेपानीको शुद्धीकरण तथा व्यक्तिगत सरसफाइ सम्बन्धी जनचेतना कार्यक्रम सञ्चालन भइरहेको मन्त्रालयले जानकारी दिएको छ ।

ईएनएफओ, रेडक्रस, वाटरएड र अन्य साझेदारहरूको समन्वयमा पानी शुद्धीकरण र जनचेतनाका कार्यहरू निरन्तर गरिरहेको छ।

सचेतना गतिविधिहरूलाई थप प्रभावकारी बनाउन मन्त्रालयले फेसबुक र इन्स्टाग्राम जस्ता सामाजिक सञ्जालहरू मार्फत वास र हैजासँग सम्बन्धित सन्देशहरूको नियमित प्रसारण गरिरहेको छ। 

काठमाडौँ महानगरपालिका, वडा नम्बर ११, १२, र १३ का निर्वाचित सदस्यहरू, समुदायको विपद् व्यवस्थापन समिति, तथा युवाहरू र महिला समूहहरूलाई हैजा रोकथाम र नियन्त्रण सम्बन्धी अभिमुखीकरण कार्यक्रमहरू सञ्चालन गरिरहेको छ।

प्रतिक्रिया गतिविधिहरूमा, वास क्लस्टरको बैठक बसी खानेपानी गुणस्तर प्रभावकारी बनाउने कार्य गर्न मन्त्रालयले निर्देशन दिएको छ। 

साथै, विज्ञ सम्मिलित छलफल बैठक सञ्चालन गरी केस र खानेपानी निगरानी, केस व्यवस्थापन, र रोकथाम तथा नियन्त्रणका क्रियाकलापहरूलाई थप प्रभावकारी बनाउन थप निर्देशन दिएको छ।

गोदावरी नगरपालिकामा, पुनर्स्थापना केन्द्रका सदस्यहरूका लागि ब्लीचिङ पाउडर र एफआरसी परीक्षण विधिहरू प्रयोग गरेर १ प्रतिशत क्लोरिन समाधानको तयारीको प्रदर्शन गरेको छ । यसैगरी, आवश्यक घरपरिवारहरूमा पियुष प्लस पनि प्रदान गरेको छ। 

ललितपुर महानगरपालिकामा, हैजाका केसहरू पत्ता लागेपछि समुदायका सदस्यहरूलाई हात सफाई र पानीको गुणस्तर परीक्षणको सम्बन्धी अभिमुखीकरण प्रदान गरेको छ। टेकु, काठमाडौँ महानगरपालिकामा पनि क्लोरिनेसन र सफाई अभ्यासहरूको बारेमा आवश्यक जानकारी प्रदान गरेको छ।

स्वास्थ्य मन्त्रालयले आगामी योजनामा केन्द्र, प्रदेश तथा स्थानीय तहमा रहेका खानेपानी गुणस्तर निगरानी समितिलाई सक्रिय बनाई खाद्य गुणस्तर निगरानी तथा अनुगमन कार्य गर्ने निकायहरू सँगको समन्वयमा जोखिम पहिचान तथा रोकथाम सम्बन्धी कार्यहरू अघि बढाउने योजना बनाएको छ। 

यससँगै नियमित निगरानी, प्रतिकार्य तथा महामारी व्यवस्थापन कार्य प्रणालीको शुदृढीकरणका लागि सरोकारवाला निकायहरू बीच एकीकृत समन्वय तथा सहकार्य गरिरहेको छ। 

राष्ट्रिय हैजा नियन्त्रण–रोकथाम योजना २०२४(२०३० पनि बनाई आवश्यक कार्यहरू गरिरहेको छ।

प्रतिकार्यः 
१ प्रभावित प्रदेश, जिल्ला र स्थानीय तह सँगको सहकार्य र समन्वयमा काम भइरहेको। २  केन्द्र, प्रदेश तथा स्थानीय तहका द्रुत प्रतिकार्य टोली परिचालन भएको। 
३ नियमित केस अनुसन्धान भइरहेको। 
४ प्रभावित क्षेत्रमा थप बिरामीहरूको सक्रिय खोजी भइरहेको। 
५ केसको प्रत्यक्ष सम्पर्कमा आएका व्यक्तिहरूमा लक्षणको निगरानी भइरहेको। 
६ स्वास्थ्य शिक्षाका सामाग्री तयार गरी प्रसारण गरिएको। 
निगरानी

१ झाडापखालाको बिरामीहरूको अस्पतालहरूमा नियमित रुपमा हैजाको निगरानी भइ रहेको ९१४४ अस्पतालहरूमा०। 
२ जिल्ला, स्थानीय तह तहमार्फत खानेपानी गुणस्तर निगरानी सम्बन्धी कार्य भइरहेको, । 
३ एउटै टोलबाट एक हप्ता भित्रमा ५ जना भन्दा बढि झाडापखालाका बिरामीहरू देखा परेमा इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको टोल फ्री हटलाइन नम्बर १११५मा सम्पर्क गरि जानकारी गराउने व्यवस्था भएको। 
 

जनचेतना तथा सरसफाइ सम्बन्धी क्रियाकलाप 
१ बिरामी देखिएका स्थानहरूमा खानेपानीको नमुना जाँच कार्य भइरहेको। 
२ खानेपानीको शुद्धीकरण तथा व्यक्तिगत सरसफाइ सम्बन्धी जनचेतना कार्यक्रम सञ्चालन गरिएको। 
३ प्रभावित स्थानमा वितरण हुने खानेपानीको शुद्धीकरण कार्य भइरहेको। 
४ ईएनएफओ, रेडक्रस र वाटरएडसँगै अन्य साझेदारको समन्वयमा पानी शुद्धीकरण र जनचेतनाका कार्य भइरहेको। 

सचेतना गतिविधिहरू
१ फेसबुक र इन्स्टाग्राम जस्ता सामाजिक सञ्जाल प्लेटफर्महरू मार्फत वास र हैजासँग सम्बन्धित सन्देशहरूको नियमित प्रसारण। 
२ काठमाडौँ महानगरपालिका, वडा नम्बर ११, १२, र १३ का वडाका निर्वाचित सदस्यहरू र समुदायको विपद् व्यवस्थापन समितिका लागि हैजा रोकथाम र नियन्त्रण सम्बन्धी अभिमुखीकरण, जसमा हैजा प्रकोप रोकथाम र व्यवस्थापनमा उनीहरूको योगदानबारे छलफल। 
३ काठमाडौँ महानगरपालिका, वडा नम्बर १२ स्थित श्री सरस्वती निकेतन माध्यमिक विद्यालय र वडा नम्बर १३ स्थित जनप्रभात माध्यमिक विद्यालयका युवाहरूका लागि वास र हैजा रोकथाम तथा नियन्त्रण सम्बन्धी अभिमुखीकरण। 
४ काठमाडौँ महानगरपालिका, वडा नम्बर १२ र १३ का युवा क्लबका सदस्यहरू, महिलाका समूहहरू र ँऋज्ख्हरूका लागि वास र हैजा रोकथाम तथा नियन्त्रण सम्बन्धी अभिमुखीकरण। 
५ अभिमुखीकरणको क्रममा हैजा रोकथाम कार्य योजनाहरू तयार गरि अहिले लागू गरिँदैछ, जसमा क्लोरिन समाधानको तयारी र सामूहिक क्लोरिनेसन विधिहरू समावेश छन्। 
६ अभिमुखीकरणहरूका दौरान वास र हैजासँग सम्बन्धित पर्चाहरूको वितरण। 
 

प्रतिक्रिया गतिविधिहरू
१ वास क्लस्टरको बैठक बसी खानेपानी गुणस्तर प्रभावकारी बनाउने कार्य गर्न निर्देशन। 
२ विज्ञ सम्मिलित छलफल बैठक संचालन गरी केस र खानेपानी निगरानी, केस व्यवस्थापन र रोकथाम तथा नियन्त्रणका क्रियाकलाप प्रभावकारी बनाउन निर्देशन। 
३ गोदावरी नगरपालिकास् गोदावरी नगरपालिका, वडा नं १४ मा पुनर्स्थापना केन्द्रका सदस्यहरूका लागि ब्लीचिङ पाउडर  र एफआरसी परीक्षण विधिहरू प्रयोग गरेर १प्रतिशत क्लोरिन समाधानको तयारीको प्रदर्शन। गोदावरी नगरपालिका, वडा नं १४ मा पुनर्स्थापना केन्द्रका सदस्यहरूलाई ५ लिटर १प्रतिशत क्लोरिन समाधानको सहयोग।गोदावरी नगरपालिकाका पानी प्रयोगकर्ता र सरसफाइ समितिहरूलाई ब्लीचिङ पाउडर प्रयोग गरेर १प्रतिशत क्लोरिन समाधानको तयारी, सामूहिक क्लोरीनेसन, र एफआरसी परीक्षण विधिहरू सम्बन्धी अभिमुखीकरण प्रदान गरियो।आवश्यक घरपरिवारहरूमा वितरणको लागि गोदावरी नगरपालिका, वडा नं १४ मा पियुष प्लस प्रदान गरियो।नगरपालिकाबाट खानेपानी सुरक्षा लागू गर्ने, सेफ्टिट्यांक अनुगमन गर्ने र सेफ्टिट्यांक खोलेको रिपोर्ट भए कारवाहि गरिने निर्णय भएको। 

४ ललितपुर महानगरपालिका, वडा नं ८ हैजाका केसहरू पत्ता लागेपछि ललितपुर महानगरपालिका, वडा नं ८, सुबलमा समुदायका सदस्यहरूलाई हात सफाई र पोइन्ट–ऑफ–यूज (पीओयू) विकल्पहरूको सम्बन्धी अभिमुखीकरण प्रदान गरियो। उही क्षेत्रमा तीन फरक पानी स्रोतहरूको लागि पी–ए भायलहरू प्रयोग गरेर पानीको गुणस्तर परीक्षण। 

५ टेकु, काठमाडौँ महानगरपालिका स् कोलेरा केसहरू पत्ता लागेको ठाउँ, टेकु, काठमाडौँ महानगरपालिका भ्रमण गरियो र क्लोरिनेसन र सफाई अभ्यासहरूको बारेमा जानकारी प्रदान गरियो। 

भावी योजना
१ केन्द्र प्रदेश तथा स्थानीय तहमा रहेका खानेपानी गुणस्तर निगरानी समितिलाई सक्रिय बनाई खाद्ध्य गुणस्तर निगरानी तथा अनुगमन कार्य गर्ने निकायहरु सँगको समन्वयमा जोखिम पहिचान तथा रोकथाम सम्बन्धी कार्य गर्ने। 
२ प्रभावित क्षेत्रमा रोग नियन्त्रण र रोकथामको लागि आवश्यकता अनुसार विज्ञ परिचालन। 
३ नियमित निगरानी, प्रतिकार्य तथा महामारी व्यवस्थापन कार्य प्रणालीको शुदृढीकरणका लागि सरोकारवाला निकायहरु विच एकीकृत समन्वय तथा सहकार्य। 
४ राष्ट्रिय हैजा नियन्त्रण–रोकथाम योजना २०२४-२०३० बनाई सो सम्बन्धी आवश्यक कार्य गर्ने।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ