arrow

सांसद शर्माको केएमसीले दुर्गमका विपन्न नागरिकको निःशुल्क शल्यक्रिया गर्ने [तालिकासहित]

logo
हाम्रा कुरा
प्रकाशित २०८१ साउन २२ मंगलबार
sunil-sharma-kmc-81-4-22.jpg

काठमाडौँ । नेपाली कांग्रेसका सांसद डा. सुनीलकुमार शर्माको काठमाडौँ मेडिकल कलेज पब्लिक लिमिटेड (केएमसी) ले  दुर्गम जिल्लाका बिरामीको शल्यक्रिया निःशुल्क गर्ने भएको छ । 

सम्बन्धित जिल्ला अस्पताल वा स्वास्थ्य संस्थामा जाँच गराई रोग पहिचान भई शल्यक्रिया गर्न पर्ने वा भर्ना भई रोगको उपचार गर्नु पर्ने बिरामीहरुलाई सम्बन्धित जिल्लाका तोकिएका व्यक्तिहरुसँग सम्पर्क गरी उनीहरुको सिफारिसमा तोकिएको मितिमा केएमसी अस्पतालमा आई सम्पर्क गर्न अस्पतालले अनुरोध गरेको छ । 

केएमसीका प्रबन्धक एवं प्रमुख प्रशासकीय अधिकृत नारायणप्रसाद दाहालले यसरी उपचारका लागि आउने बिरामीको शल्यक्रिया र भर्ना भई उपचार गराउँदा अस्पताल सेवा निःशुल्क गरिने जनाए । औषधि र अन्य सामान बिरामीले आफैँ व्यवस्था गर्नुपर्ने पनि उनले बताए 

नौ जिल्लाका सम्पर्क व्यक्ति तोकेर केएमसीले हरेक जिल्लाबाट दुई सय जनाको निःशुल्क उपचार गर्ने जनाए । 

१) गुल्मी जिल्लाका बासिन्दाले सांसद डा. चन्द्र भण्डारी तथा पार्टी सभापति खिलध्वज पन्थीसँग प्रत्यक्ष सम्पर्क तथा समन्वय गरी २०८१ भदौ १२ गते केएमसी आउनु पर्ने । 

२) बझाङ जिल्लाका बासिन्दाले पूर्व सांसद चन्दा जोशी तथा पार्टी सभापति खड्कबहादुर बोहोरासँग प्रत्यक्ष सम्पर्क तथा समन्वय गरी २०८१ भदौ १८ गते केएमसी आउनु पर्ने ।

३) बाजुरा जिल्लाका बासिन्दाले कांग्रेस नेता जनक गिरी, सभापति राम सिंह रावल, दिनेश शाही र त्रिबेणी नगरपालिका अध्यक्ष कर्णबहादुर थापा र बडिमालिका नगरपालिका प्रत्यासी उप- प्रमुख राधिका  सिंहसँग प्रत्यक्ष सम्पर्क तथा समन्वय गरी २०८१ भदौ २४ गते केएमसी आउनु पर्ने ।

४) ओखलढुङ्गा जिल्लाका बासिन्दाले पार्टी सभापति तथा सांसद तेजेन्द्र खनालसँग प्रत्यक्ष सम्पर्क तथा समन्वय गरी २०८१ भदौ ३२ गते केएमसी आउनु पर्ने ।

५) दैलेख जिल्लाका बासिन्दाले सांसद दिक्पालकुमार शाही तथा पार्टी सभापति मणिराम रेग्मीसँग प्रत्यक्ष सम्पर्क तथा समन्वय गरी २०८१ असोज २ गते केएमसी आउनु पर्ने ।

६) डोटी जिल्लाका बासिन्दाले पार्टी सभापति नरेन्द्र बहादुर सिंह तथा दिपायल शिल गढी नगरपालिकाका प्रमुख बिजय खड्का संग प्रत्यक्ष सम्पर्क तथा समन्वय गरी २०८१ असोज ४ गते केएमसी आउनु पर्ने ।  

७) बैतडी जिल्लाका बासिन्दाले पार्टी सभापति चतुरबहादुर चन्द तथा क्षेत्रीय सभापति शिवराज भट्टसँग प्रत्यक्ष सम्पर्क तथा समन्वय गरी २०८१ असोज ५ गते केएमसी आउनु पर्ने ।

८) रामेछाप जिल्लाका बासिन्दाले पार्टी सभापति तथा सांसद पुर्ण बहादुर (कान्छाराम तामाङ) सँग प्रत्यक्ष सम्पर्क तथा समन्वय गरी २०८१ असोज ७ गते केएमसी आउनु पर्ने ।

९) खोटाङ जिल्लाका बासिन्दाले सुवास पोखरेल, पार्टी सभापति विष्णुकुमार राई, उपसभापति इभन राईसँग प्रत्यक्ष सम्पर्क तथा समन्वय गरी २०८१ असोज १० गते केएमसी आउनु पर्ने । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ