एजेन्सी । दक्षिण कोरियाकी राष्ट्रपति पार्क गेउन हाइविरुद्धको महाअभियोग प्रस्ताव पारित भएको छ । पार्कविरुद्धको महाअभियोग प्रस्ताव दुई तिहाइले पारित भएको हो ।
भ्रष्टाचारको आरोप लागेकी राष्ट्रपति पार्कविरुद्ध राष्ट्रियसभामा भएको मतदानमा प्रस्तावको पक्षमा २३४ र विपक्षमा ५६ मत परेको थियो । महाअभियोगको पक्षमा दुई तिहाइ आएपछि अब राष्ट्रपति पार्कको अधिकार निलम्बित भएको छ ।
यद्दपि महाअभियोगको अन्तिम निर्णयका लागि भने ९ जना न्यायाधीश रहेको संवैधानिक अदालतको स्वीकृति आवश्यक लिनुपर्ने प्रवाधान छ । संवैधानिक अदालतले ६ महिनाभित्र यस बारे निर्णय दिनसक्ने व्यवस्था छ ।
संवैधानिक अदालतले स्वीकृति दिए पार्कले पद छाड्नु पर्नेछ । बेलायती समाचार संस्था बीबीसीका अनुसार दक्षिण कोरियाको लोकतान्त्रिक इतिहासमा राष्ट्रपतिय कार्यकालको बीचैबाट हटाइएको यो पहिलो घटना हो ।
राष्ट्रपतिले लुकिछिपि आफ्नो साथी चोइ सुना सीललाई सत्ताको दुरुपयोग गर्न दिएको भन्दै देश भर प्रदर्शन हुदै आएको थियो ।उनले आफु विरुद्धको आरोप अस्वीकार गर्दै आएकी थिइन् । पार्क दक्षिण कोरियाको पहिलो महिला राष्ट्रपति हुन् ।कोरियाको पहिलो महिला राष्ट्रपति हुन् । (एजेन्सी)