arrow

एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटना हुँदा सवार सबै पाँच जनाको मृत्यु

logo
हाम्रा कुरा
प्रकाशित २०८१ साउन २३ बुधबार
air-dynasty-crash-81-4-23.jpg
तस्बिर सौजन्य – नेपाल प्रहरी ।

काठमाडौँ । नुवाकोटमा एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटना हुँदा सवार सबै पाँच जनाको मृत्यु भएको छ ।

चार जना चिनियाँ नागरिक बोकेर काठमाडौँबाट रसुवा जाँदै गरेको हेलिकप्टर काठमाडौँ र नुवाकोटको सीमा क्षेत्र शिवपुरी ७ मा रहेको जंगलको रुखमा ठोक्किएर दिउँसो दुर्घटना भएको प्रत्यक्षदर्शीले बताएका छन् । 

मृत्यु हुनेमा एक महिलासहित पाँच जना हुन् । कलसाइन नाइनएन एजेडी रहेको हेलिकप्टर क्याप्टेन अरुण मल्लले उडाएका थिए । हेलिकप्टर दिउँसो १ बजेर १४ मिनेटमा उडेको थियो । तर उडेको केही मिनेटमै सम्पर्क विच्छेद भएको थियो । 

मृतकको शव जलेको अवस्थामा भेटिएको छ । हेलिकप्टर खोल्सामा झरेकाले शव निकाल्न मुस्किल भएको बताइएको छ ।

गत साउन ९ गते बुधबार मात्रै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नजिकै सौर्य एयरलाइन्सको विमान दुर्घटना हुँदा १८ जनाको मृत्यु भएको थियो भने एक जना घाइते भएका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ