arrow

मन्त्रिपरिषद् जम्बो भएको भन्दै प्रदर्शन

logo
हाम्रा कुरा
प्रकाशित २०८१ साउन २४ बिहिबार
madesh-pradesh-province-2.jpg

काठमाडौँ । मधेस प्रदेशमा जम्बो मन्त्रिपरिषद् गठन गरिएको विरोधमा जनता समाजवादी पार्टी, नेपालका समाजवादी युवा सङ्घका नेता-कार्यकर्ताहरुले विरोध प्रदर्शन गरेको छ । मुलुकमाथि आर्थिक सङ्कट रहेको समयमा राज्य कोषको दोहन गर्ने हिसाबले मधेसमा कुर्सी बचाउनकै लागि जम्बो मन्त्रिपरिषद् गठन गरिएको भन्दै समाजवादी युवा सङ्घले विरोध प्रदर्शन गरेको हो । 

समाजवादी युवा सङ्घका मधेस उपाध्यक्ष कमलेश यादवको अगुवाइ जनकपुरधामस्थित रामानन्द चोकमा गरिएको विरोध प्रदर्शनमा कुर्सी आतङ्क बन्द गर, राज्यकोष दोहन गर्न बन्द गर लगायतका नारा समेत लगाएका थिए । समाजवादी युवा सङ्घ मधेस प्रदेशका उपाध्यक्ष यादवले सङ्घीयतामाथि नै प्रहार हुने गरी कुर्सी टिकाउनकै लागि जम्बो मन्त्रिपरिषद् बनाउनु मधेसवासीलाई सह्य नहुने बताए । 

उनले जनमत पार्टीलाई चुनावअघि ठूलाठूला भाषणलाई विश्वास गरेर मधेसका जनताले अवसर दिए पनि अहिले आएर एमाले काँग्रेसको कठपुतली भएर काम गरिरहेको आरोप लगाए । उनले कानूनी रूपमा कुल प्रदेश सभा सदस्य सङ्ख्याको २५ प्रतिशतको सङ्ख्यामा मन्त्री बनाउन सक्ने प्रावधान रहे पनि कमजोर आर्थिक स्थिति रहेको मधेस प्रदेशमा जम्बो मन्त्री परिषद् गठन गर्नु गलत रहेको बताए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ