arrow

हेलिकप्टर दुर्घटनाबारे प्राधिकरणका महानिर्देशकले समितिमा राखे यस्तो दलिल [भिडियो]

भिजियोल फ्लाइट  रुटअनुसार नचल्दा एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटना

logo
हाम्रा कुरा
प्रकाशित २०८१ साउन २४ बिहिबार
pradeep-adhikari.jpg

काठमाडौँ ।  नेपाल नागरिक उड्डयन प्राधिकरणले चालक दलको कमजोरी कारण एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटनामा परेको जनाएको छ । प्राधिकरणका महानिर्देशक इन्जिनियर प्रदीप अधिकारी बिहीबार संघीय संसद प्रतिनिधि सभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिको बैठकमा प्रारम्भिक प्रतिक्रिया दिएका हुन् । 

उनले त्यसको विस्तृत वितरण भने सरकारले गठन गरेको छानबिन समितिले दिने पनि बताए । सिभिल एभिएशनको भिजियोल फ्लाइट रुट (भिएफआर)ले अनुमति नदिएको खराब मौसम बादल भएको ठाउँमा हेलिकप्टर प्रवेश गराउँदा सो दुर्घटना भएको प्राधिकरणको दाबी छ । महानिर्देशक अधिकारीले भिएफआरको अनुमति विपरीत हेलिकप्टर बादल भित्र छिर्नु वा आँखाले नदेखेको ठाउँमा छिर्नु प्रतिबन्धित अवस्था रहेको उल्लेख गर्दै यसमा जिम्मेबार चालक दल नै देखिएको दलिल पेश गरे । 

उनले भने, ‘टावरबाट सम्पर्क विच्छेद हुने त्यत्तिकै हामीले प्रोसिड्युअर अनुसार नै खोजि ग¥यौं । जबसम्म हामी क्र्यास साइट आईडेन्टीफाई तबसम्म मौसमको हिजोको अवस्था पनि त्यस्तै थियो । तर हामीले त्यो शङ्कास्पद ठाउँ पत्ता लगाउने बित्तिकै हेलिकप्टर खोजीका लागि हेलिकप्टर परिचालन गरेको अवस्था थियो । र नेपाल सरकारले यो दुर्घटना छानबिन आयोग गठन गरिसकेको अवस्थामा यसको रुटका के हो भन्ने बारेमा पनि म धेरै जान चाहन्न । आज बिहान हामीले माननीय मन्त्रीज्यू, सचिवज्यू, हामी गएर साइट पनि हे¥यौं । यसको रुट कज चाहिँ सरसर्ती हेर्दा खेरी यद्यपि यो छानबिन आयोगले नै बताउला । ब्याड वेदरमा यो प्रवेश गरेको कारण, बादल भित्र प्रवेश गरेको कारण र ऊ फर्कने क्रममा लेफ्ट टर्न गर्दा खेरी ठोक्किएको देखिन्छ । यो चाहिँ पाईलोटिङ कमान्डले हाम्रो सिभिल एभिएशनको भिजियोल फ्लाइट रुट अनुसार नगएर यसरी बादल भित्र छिर्नु वा आँखाले नदेखेको ठाउँमा छिर्नु प्रतिबन्धित हो । यो कानूनल वर्जित गरेको विषय हो । यो रुटका भनेको चाहिँ भीएफआरको उल्लङ्घन गरेका कारण दुर्घटना भएको देखिन्छ हाम्रो अनुसन्धानमा । यसको डिटेल इन्भेष्टिगेशनत सरकारले गठन गरेको आयोगले नै बताउला । ’

साउन २३ गते बुधबार (हिजो) सो हवाईजहाज दुर्घटना हुँदा चार जना चिनियाँ नागरिकसहित ५ जनाको मृत्यु भएको थियो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ