arrow

पोखरामा हरित रोजगारी सिर्जना परियोजना सञ्चालन

logo
हाम्रा कुरा
प्रकाशित २०८१ साउन २४ बिहिबार
pokhara-mahanagar-undp.jpg

पोखरा । पोखरा महानगरपालिका, कोरिया अन्तर्राष्ट्रिय सहयोग नियोग (कोइका) र यूएनडीपीको साझेदारीमा रिसाइक्लिङ र अपसाइक्लिङमार्फत हरित रोजगारी सिर्जनासम्बन्धी परियोजना कार्यान्वयन हुन लागेको छ ।

परियोजनाले हरित अर्थतन्त्रमा योगदान पुर्‍याउने दिगो रिसाइकल र अप-साइकल (आरयू) उद्यमहरूलाई अभिवृद्धि गर्न उपयुक्त माध्यम सिर्जना गर्दै महानगरपालिकाका कर्मचारी, सरकारी सरोकारवाला र आरयू उद्यमहरूको क्षमता निर्माण सहित हरित रोजगारी सिर्जना गर्न सहयोग गर्नेछ ।

यस्तै ग्रीन भेन्चर जोन (जीभीजेड) स्थापना गर्ने र नयाँ तथा आरयू उद्यमहरूलाई व्यवसाय इन्क्युबेशन सहायता (वित्तीय, प्राविधिक र बजार) प्रदान गर्नेछ ।

ग्रिन भेन्चर जोन (जिभीजेड) स्थापना र हरित अर्थतन्त्रमा योगदान पुर्‍याउने दिगो आरयू उद्यमहरूलाई बढवा दिन महानगरपालिकाले उपयुक्त वातावरण सिर्जना गर्ने र पर्याप्त तथा आवश्यक मानव संसाधनहरूको व्यवस्थापन गर्नेछ ।

हरित अर्थतन्त्रमा योगदान पुर्‍याउने आरयू उद्यमहरूलाई अभिवृद्धि गर्न दिगो नीतिको सुनिश्चितता सहित परियोजनाको स्वामित्व समेत लिनेछ ।

पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले रिसाइकल र अप-साइकल मार्फत हरित रोजगारी सृजना गर्दै युवालाई रोजगारीसँग जोड्ने महानगरपालिकाको योजना कार्यान्वयनमा यो परियोजना प्रभावकारी हुने बताए ।

परियोजनामा कोइकाले ९ दशमलव ८ मिलियन अमेरिकी डलर र यूएनडीपीले ० दशमलव ८७ मिलियन अमेरिकी डलर खर्च गर्नेछ । परियोजनाले रिसाइकल र अपसाइकल मार्फत नयाँ सामाग्रीहरू उत्पादन गर्नेछ ।

यसलाई सिकाई केन्द्रका रूपमा विकास गरिने र पोखराका लागि एक पर्यटन गन्तव्यका रूपमा समेत यो स्थापित हुने विश्वास गरिएको छ । यस परियोजनाअन्तर्गत एक कोसेली घरसमेत निर्माण हुनेछ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ