arrow

नेपालमा ठूला ठूला भ्रष्टाचारका काण्डहरू मिलेमतो भएर मात्रै भएको छ - गगन थापा [भिडियो]

 अनुचित कार्य हेर्ने जिम्मा राष्ट्रिय सतर्कता केन्द्रलाई दिँदा हुन्छ

logo
हाम्रा कुरा
प्रकाशित २०८१ साउन २४ बिहिबार
gagan-thapa-04-24.jpg

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले नेपालमा ठूला ठूला भ्रष्टाचारका काण्डहरू मिलेमतो भएर मात्रै भएको र अनुचित कार्य हेर्ने जिम्मा राष्ट्रिय सतर्कता केन्द्रलाई दिनुपर्ने बताएका छन् । बिहीबार बसेको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै उनले नेपालमा ठूला ठूला भ्रष्टाचारका काण्डहरू मिलेमतोमा मात्रै भएको भन्दै मिलेमतो गर्नेकुरामा आवरण नीतिगत भ्रष्टाचारलाई बनाइएको बताए ।

उनले अनुचित कार्य कसले हेर्ने भन्नेबारेमा अनुचित कार्य हेर्नका निम्ति छुट्टै एउटा कानूनी प्रबन्ध गर्नुपर्ने बताए । उनले राष्ट्रिय सतर्कता केन्द्रलाई थप सशक्त बनाएर सशक्त बनाएर अख्तियार दुरुपयोग अनुसन्धान आयोगभित्रै राखेर अनुचित कार्य हेर्ने जिम्मा दिन सकिने बताए । उनले कुन विषय नीतिगत हो, कुन विषय नीतिगत होइन छुटाउन आवश्यक रहेको बताए । उनले भ्रष्टाचार जताततै रहेको भन्दै नियमनकारी निकायले सबैतिरको भ्रष्टाचार रोक्छ भन्ने सोच्न नहुने बताए । उनले नियमनकारी निकायहरू मिलीजुली भागबण्डामा बनाएकाले पनि भ्रष्टाचार रोक्न नसकिएको बताए । 

उनले भने, ‘भ्रष्टाचार जताततै छ । निजी क्षेत्रमा पनि छ, प्रतिष्ठानमा पनि छ । तर हामीले अहिले भइरहेको निकायलाई सबै कुरा जिम्मा दियौँ, त्यसकारणले गर्दा त्यो नियमनकारी निकायले सबैतिरको भ्रष्टाचार रोक्छ, भन्ने ठानेर, राजपत्रमा सूचना प्रकाशित गरेर निजी क्षेत्रका प्रतिष्ठानहरूमा, कलेजहरूमा जताततै हामीले प्रवेश गर्नुपर्छ भन्ने सोच राखेर हामी जाँदै गर्दा यो राजश्व अनुसन्धान विभाग जस्तै होला फेरि यो । सम्पत्ति शुद्धीकरण विभाग जस्तै होला फेरि यो । प्रत्येक क्षेत्रको नियमनकारी निकाय बनाएका छौँ, त्यो नियमनकारी निकायलाई हेर्नका निम्ति हेर्न त्यो भन्दा माथि अर्को संवैधानिक आयोग छ । तर नि नियमनकारी निकायहरू मिलीजुली बनाएका हुन्छौँ, भागबण्डा गरेर बनाएका हुन्छौँ, सही मान्छे लिएर गएका हुँदैनौँ । त्यसले जे गर्नुपर्ने हो त्यो ड्युटी पनि पूरा गर्न सकिरहेको हुँदैन । अनुचित कार्य हुँदैन भनेको होइन, रोक्नुपर्छ भनेको पनि होइन, अनुचित कार्यको बारेमा कसले हेर्ने त, त्यसकारणले गर्दा अनुचित कार्य हेर्नका निम्ति कि छुट्टै एउटा कानूनी प्रबन्ध गर्नुपर्छ । त्यसमा पनि परिभाषित गर्नुपर्छ । राष्ट्रिय सतर्कता केन्द्रलाई बलियो बनाएर, थप सशक्त बनाएर अख्तियार दुरुपयोग अनुसन्धान आयोगभित्रै राखे पनि हुन्छ । अनुचित कार्य हेर्ने जिम्मा राष्ट्रिय सतर्कता केन्द्रलाई दिँदा हुन्छ । नेपालमा ठूला ठूला भ्रष्टाचारका काण्डहरू मिलेमतो भएर मात्रै भएको छ । जसरी सरकार मिलीजुली बनेको छ, ठूला भ्रष्टाचारका काण्डहरू पनि मिलेमतोमा भएको छ । मिलेमतो गर्नेकुरामा आवरण नीतिगत भ्रष्टाचारलाई बनाइएको छ । हाम्रो सन्दर्भमा कुन विषय नीतिगत हो, कुन विषय नीतिगत होइन छुट्टाउनु पर्छ ।’
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ