arrow

बीमालाई व्यवस्थित र प्रभावकारी बनाउँछौँः मन्त्री पौडेल

logo
हाम्रा कुरा
प्रकाशित २०८१ साउन २६ शनिबार
pradip-poudel-minister-heal.jpg
फाइल तस्बिर

नेपालगञ्ज । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले स्वास्थ्य बीमा कार्यक्रमलाई व्यवस्थित र प्रभावकारी बनाइने बताएका छन् ।  

नेपाली कांग्रेस बाँकेले पार्टी कार्यालयमा आयोजना गरेको कार्यकर्ता भेटघाटमा उनले सबैलाई समेट्ने गरी यसको दायरा फराकिलो बनाउने काम भइरहेको जानकारी दिए । 

मन्त्री पौडेलले भने, “स्वास्थ्य क्षेत्र सुधारका लागि छिट्ट नयाँ कामहरू घोषणा गर्ने गरी काम भइरहेको छ । आमा सुरक्षा कार्यक्रमलाई पनि थप प्रभावकारी बनाउने योजना बनाइरहेका छौँ ।” 

उनले सरकारी र निजी अस्पताललाई व्यवस्थित र नागरिकमैत्री बनाउन तथा अस्पतालहरूमा बिरामीको लाइन हटाउने विषयमा आफू सूक्ष्म अध्ययनमा रहेको समेत बताए । 

नेपाली कांग्रेस बाँकेका सभापति नारायणप्रसाद गौडेले गरिब र निमुखा जनताको स्वास्थ्यमा सहज पहुँच पुर्याउने गरी नयाँ ढङ्गले काम गर्न मन्त्री पौडेल सक्षम हुने विश्वास व्यक्त गरे । 

भेरी अस्पतालको स्तरवृद्धि, भौतिक पूर्वाधार विकास र जनशक्ति व्यवस्थापनका लागि मन्त्री पौडेललाई आग्रह गर्दै उनले सुशील कोइराला क्यान्सर अस्पतालमा अहिलेसम्म दरबन्दी नै नभएकोप्रति ध्यानाकर्षण गराए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ