arrow

काबुलबाट भागेर स्पेनमा बस्दै आएकी तलाश ओलम्पिकमा अयोग्य घोषित

logo
हाम्रा कुरा
प्रकाशित २०८१ साउन २७ आइतबार
paris-olympics-1000000087.jpg

काठमाडौँ ।  शरणार्थी ओलम्पिक टोलीका सदस्य अफगानिस्तानकी ’ब्रेकडान्सर’ मनीजा तलाशलाई “अफगानी महिलालाई स्वतन्त्र गर“ लेखिएको पहिरन प्रदर्शन गरेकाले पेरिस ओलम्पिबाट अयोग्य घोषित गरिएको विश्व डान्सस्पोर्ट महासङ्घले शनिबार जनाएको छ । 

२१ वर्षीया बी–गर्ल तलाश नेदरल्यान्ड्सको इंडिया सार्डजो विरुद्धको पहिलो प्रतिष्पर्धाको ठीक अघि शुक्रबार नारा सहितको निलो पहिरन पहिरिएर प्रस्तुत भएकी थिइन् ।

“शरणार्थी टोलीका सदस्य एथलीट बी–गर्ल तलाशले ओलम्पिक अधिकारपत्रको नियम ५० को उल्लङ्घन गर्दै आफ्नो पोशाकमा राजनीतिक नारा प्रदर्शन गरेकोमा अयोग्य घोषित गरिएको हो”, डान्सस्पोर्ट महासङ्घले विज्ञप्तिमा जनाएको छ ।

नियम ५० ले कुनै पनि ओलम्पिकस्थल वा अन्य क्षेत्रमा कुनै पनि प्रकारको प्रदर्शन वा राजनीतिक, धार्मिक वा जातीय प्रचारमा प्रतिबन्ध लगाएको छ ।

सन् २०२१  देखि तालिबानको नियन्त्रणमा रहेको काबुलमा जन्मिएकी  तलाश देशबाट भागेर आफ्ना दुई दाजुभाइसँग स्पेनमा बस्दै आएकी छन् । 

“मैले तालिबानसँग डराएर वा अफगानिस्तानमा बस्न नसकेर देश छाडेको होइन । मैले अफगानिस्तानका महिलाहरुका लागि,आफ्नो भविष्यको लागि देश छोडेको हो”, उनले प्रतियोगिता अघि भनेकी थिइन ।  

“मैले आफ्नो लक्ष्य पुरा गर्ने जोखिम लिएँ। मेरो हृदयमा डर छ तर म हार मान्दिनँ”, उनले सन् २०२१ मा एएफपीलाई भनेकी थिइन् । 

पेरिस ओलम्पिकमा साइक्लिङ, एथलेटिक्स, पौडी खेल्ने र जुडो स्पर्धामा तालिबान सरकारले स्वीकार नगरेको तीन महिलासहित ६ जना खेलाडीले अफगानिस्तानको प्रतिनिधित्व गरेका थिए  । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ