arrow

पेरिस ओलम्पिक समापन हुँदै, म्याराथनमा सन्तोषी दौडिदै

logo
हाम्रा कुरा
प्रकाशित २०८१ साउन २७ आइतबार
santoshi-shrestha-paris-oly.jpg

पेरिस । पेरिस ओलम्पिक २०२४ आज सकिँदैछ । आज नेपालबाट अन्तिम सहभागीता हुँदैछ । सहभागी सातमध्ये छ खेलाडीले पहिलो चरण पार गर्न नसकी फर्किएका अवस्थामा एथलेट सन्तोषी श्रेष्ठले म्याराथमा प्रतिस्पर्धा गर्दैछिन् । 

दौड नेपाली समयअनुसार बिहान ११ः४५ बजे शुरु हुनेछ । उनी साउन १५ गते नै पेरिस पुगेकी थिइन् । 

यसअघि ब्याडमिन्टनमा प्रिन्स दाहाल समूह चरणका सबै खेलमा पराजित भएका थिए । गृष्मकालीन ओलम्पिकमा प्रिन्स ३ खेल खेल्दै एकै संस्करणमा बढी खेल खेल्ने नेपाली खेलाडी बने ।

ओलम्पिकमा बढी खेल खेल्ने नेपाली खेलाडीमा पूर्व धावक बैकुण्ठ मानन्धर हुन् । उनले १९७२ देखि १९८४ को अवधिमा भएको चार ओलम्पिकमा लगातार सहभागिता जनाएका थिए ।

नेपालले ओलम्पिकको ब्याडमिन्टनमा पहिलो पटक सहभागिता जनाएको हो । सन् १९६४ को टोकियो ओलम्पिक (१८ औं संस्करण०) देखि भाग लिन शुरु गरेको नेपालले पेरिस ओलम्पिक– २०२४ सम्म आइपुग्दा एक संस्करण बाहेक सबैमा निरन्तर सहभागी छ । 

१९ औं संस्करणमा नेपाल सहभागी भएन । पेरिस ओलम्पिकमा सहभागी टेबल टेनिसका स्यान्टु श्रेष्ठ, सुटिङकी सुस्मिता नेपाल, जुडोकी मनिता श्रेष्ठ प्रधान र पौडीका डुवाना लामा र एलेक्सजेन्डर शाह प्रतियोगिताबाट बाहिरिएका थिए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ