arrow

स्वास्थ्य मन्त्रीको रोहबरमा तिवारीको अनशन तोडियो

logo
प्रकाशित २०७३ मंसिर २५ शनिबार
Tiwari-Ansan.jpeg
काठमाडौं । सप्तरीको राजविराजस्थित सगरमाथा अञ्चल अस्पताल अनशन बसेका विकास तिवारीको अनशन शनिबार तोडिएको छ । स्वास्थ्य मन्त्री गगन थापाको रोहबरमा अस्पतालको कुपोषण पुर्नस्थापना केन्द्रमा उपचार गराईरहेकी बालिका निलम मण्डलको हातबाट जुस पिएर तिवारीले अनशन तोडेका छन् । 
 
अनसन तोड्नु अगाडी स्वास्थ्य मन्त्रालय र तिवारी पक्षकाबीचमा ४ बुँदै सम्झौता भएको स्वास्थ्य मन्त्रालयका प्रमुख प्रशासक तथा प्रवक्ता भोगेन्द्र डोटेलले जानकारी दिए। मन्त्रालयका तर्फबाट प्रमुख प्रशासक डोटेल र तिवारीका तर्फबाट बार्ता टोलीका संयोजक अशोक कुमार चौधरी सहित पाँच जनाले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् । 
 
तिवारीका मागका बारेमा विस्तृत अध्ययन गरी समस्या समाधानका उपाय बारे प्रतिवेदन दिन प्रमुख विशेषज्ञको अध्यक्षतामा उच्चस्तरीय समिति गठन गर्ने सहमती सम्झौता पत्रमा उल्लेख छ । सो समितिलाई एक महिना भित्रमा प्रतिवेदन बुझाउने समयावधि दिइएको छ । 
 
तिवारीका स्थानीय मागका बारेमा प्रमुख जिल्ला अधिकारीले अनुगमन गर्ने, जनतालाई अस्पतालको सेवा सुविधाका बारेमा सुसुचित गराउन स्थानीय संचार माध्यम र होडिङ बोर्डहरु मार्फत सन्देश प्रवाह गर्ने लगायतका सहमती भएका छन् । 
 
सो अवसरमा मन्त्री थापाले तिवारीलाई आगामी दिनमा फेरी अनशन बस्नु पर्ने अवस्था आउन नदिने अठोट व्यक्त गरेका थिए । उनले मन्त्रालयले विज्ञापन गरेर आह्वान गर्दा पनि चाहिएको जनशक्ति नपाएकाले अस्पतालहरुमा विशेषज्ञ चिकित्सकसहित खाली रहेका दरबन्दीमा पदपूर्ती गर्न ढिलो भएको भन्दै पदपुर्तिकालागि नयाँ उपायहरु अप्नाउने तयारी अन्तिम चरणमा पुगेको जानकारी दिए । 
 
विगत १८ दिन देखि अनशन बस्नु भएका तिवारीको माग सम्वोधनका लागि मन्त्रालयले यसअघि छुट्टा छुट्टै तीन ओटा टोलीलाई बार्ता र स्थलगत अध्ययनका लागि खटाएको थियो । उनीहरुले गरेको बार्ता र छलफल सकारात्मक भएपनि तिवारीले मन्त्री थापाकै उपस्थीतिमा अनशन तोड्ने शर्त राखेपछि मन्त्री थापा मन्त्रालयको उच्चस्तरिय टोली सहित शुक्रबार सप्तारी गएका हुन्। उनको टोलीले तिवारीको टोलीसँग झण्डै चार घण्टा बार्ता गरेपछि चारबुदेँ सम्झौता भएको प्रमुख प्रशासक डोटेलले जानकारी दिए ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ