arrow

पेरिस ओलम्पिकमा सन्तोषी ९२ धाविकामा ७९औँ स्थानमा

logo
हाम्रा कुरा
प्रकाशित २०८१ साउन २७ आइतबार
santoshi-shrestha-paris-oly.jpg

काठमाडौँ । पेरिस ओलम्पिक, २०२४ अन्तर्गत महिला म्याराथन विधामा नेपाली धाविका सन्तोषी श्रेष्ठले ७९औँ स्थान हासिल गरेकी छिन् ।

फ्रान्सको राजधानी पेरिसमा आइतबार सम्पन्न स्पर्धामा सन्तोषीले निर्धारित दूरी दुई घण्टा ५५ मिनेट ६ सकेन्डको समय लगाउँदै पूरा गरिन् । ‘वाइल्ड कार्ड’मार्फत उनले पहिलो पटक ओलम्पिकमा सहभगिता जनाएकी हुन् । महिला म्याराथनमा ९२ धाविकाले प्रतिस्पर्धा गरेका थिए ।

उक्त विधाको स्वर्णपदक भने नेदरल्यान्ड्सकी सिफान हसनले जितेकी छिन् । उनले निर्धारित दूरी दुई घण्टा २२ मिनेट ५५ सेकेन्डमा पूरा गरिन् । यस्तै दुई घण्टा २२ मिनेट ५८ सेकेन्ड लगाएकी इथियोपियाकी असिफा दोस्रो भइन् । 

केन्याकी ओबिरीले तेस्रो स्थान प्राप्त गरिन् । उनले सो दूरी दुई घण्टा २३ मिनेट १३ सेकेन्डमा पूरा गरिन् । 

नेपालबाट पेरिस ओलम्पिकमा सात खेलाडीले भाग लिएकामा कसैले पनि पहिलो चरण पार गर्न सकेका थिएनन् । यसअघि टेबलटेनिसबाट स्यान्टु श्रेष्ठ, सुटिङबाट सुस्मिता नेपाल, पौडीबाट डुवाना लामा र एलेग्जेन्डर शाह, जुडोबाट मनिता श्रेष्ठ प्रधान तथा ब्याडमिन्टनबाट प्रिन्स दाहालले खेलेका थिए । 

पेरिस ओलम्पिकमा आज समापन हो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ