arrow

सरकारले काम गरोस् रक्षा गर्छु, – गगन थापा

logo
हाम्रा कुरा
प्रकाशित २०८१ साउन २९ मंगलबार
gagan-thapa-81-4-29g.jpg

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले केपी शर्मा ओली नेतृत्वको सरकार निमार्ण गर्न आफू नलागेको बताउँदै सरकारको रक्षा गर्ने जिम्मा भने आफ्नो भएको बताएका छन् । 

प्रतिनिधि सभाको बैठकमा विशेष समय लिएर बोल्ने क्रममा नेपाली कांग्रेस र नेकपा एमालेका बीचमा नयाँ सरकार गठन प्रक्रियामा सामेल नभए पनि रक्षाका लागि भने आफू उभिने थापाले बताए ।

 ‘यो सरकार गठन प्रक्रियामा संलग्न सांसद म होइन तर यो सरकारको रक्षा मैले गर्नेछु,’ उनले भने ।  

तर उनले सरकारले देखिने गरी काम भने गर्नुपर्ने बताए । उनले मन्त्रीहरुबीच आपसमा समन्वय गरेर साना साना देखिने कामहरु तत्काल गरेर जनतालाई सरकार भएको महसुस गराउन पनि आग्रह गरेका छन् । 

उनले मन्त्रीहरुले काम गर्दा प्रशंसा पनि गर्ने तर काम नगर्दा आलोचनासहित प्रश्न पनि गर्ने सांसद थापाले बताए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ