arrow

चालीस प्रतिशत मत ल्याउने पार्टीलाई एकल सरकार चलाउन दिने गरी संविधान संशोधन गरौँ – गगन थापा

logo
हाम्रा कुरा
प्रकाशित २०८१ साउन २९ मंगलबार
gagan-thapa-81-4-29r.jpg

काठमाडौँ । नेपाली कांग्रेसका सांसद गगनकुमार थापाले ४० प्रतिशत मत ल्याउने पार्टीलाई एकल सरकार बनाउन दिने गरी संविधान संसोधन गर्न सकिने बताएका छन् ।

प्रतिनिधि सभाको जारी बैठकको विशेष समयमा बोल्दै थापाले ४० प्रतिशत मत ल्याउने पार्टीलाई एकल सरकार चलाउन दिने गरी संविधान संसोधन गर्न सकिने उपायतिर जान सकिने बताएका हुन् ।

‘संविधान संसोधनको कुराले धेरैजना आत्तिएको देख्छु तर आत्तिनु पर्दैन्, प्रतिनिधि सभा र राष्ट्रिय सभालाई अझ बढी समावेशी र समानुपातिक प्रतिनिधित्व गराउने गरी संविधान संशोधन गर्नुपर्छ,’ थापाको प्रस्ताव छ, ‘बरु ४० प्रतिशत मत ल्याउने पार्टीलाई एकल सरकार चलाउन पाउने गरी बरु सरकार चलाउन दिनुपर्छ, यसमा छलफल गरौँ,’ थापाले भने  ।
 
साथै नेपाली कांग्रेस र नेकपा एमालेका बीचमा नयाँ सरकार गठन प्रक्रियामा सामेल नभए पनि रक्षाका लागि उभिने थापाले बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ