arrow

भुटानी शरणार्थी, गिरीबन्धु र विद्युत महशुलमा सत्यतथ्य छानबिन गर्न गगन थापाको माग 

logo
हाम्रा कुरा
प्रकाशित २०८१ साउन २९ मंगलबार
gagan-thapa-81-4-29-bb.jpg

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री एवं गगनकुमार थापाले भुटानी शरणार्थी, गिरीबन्धु टि स्टेट र विद्युत बक्यौता असुलीमा तलमाथि नगर्न सरकारलाई सचेत गराएका छन् । 

प्रतिनिधि सभाको बैठकको विशेष समयमा बोल्दै थापाले भुटानी शरणार्थी प्रकरणमा हालसम्म भएका अनुसन्धानमा नै टेकेर थप अनुसन्धान गर्नु पर्ने, सर्वोच्च अदालतले दिएको आदेश अनुसार गिरीबन्धु टि–स्टेटको मुद्दा टुंग्याउने पर्ने र विद्युत महशुल बक्यौता कानूनअनुसार असुल गर्नुपर्ने बताए । 

उनले भने, ‘‘हिजो हामी प्रतिपक्षमा बस्दा जे–जे बोलेका छौँ, यतापटी कुर्सी (सत्तापक्ष)मा बस्दा पनि त्यही विषय उठाउने छौँ’, उनले भने, ‘भुटानी शरणार्थी, गिरीबन्धु र विद्युत महसुल शुल्कका बारेमा उही धारणा रहेको छ, यसको सत्यतथ्य छानबिन हुनुपर्छ ।’ 


उनले यी तीनै विषयलाई सरकारले सत्यतथ्य रुपमा छानबिन गर्नुपर्नेमा जोड दिएका छन् । 

उनले दुई दल मिलेर भ्रष्टाचार ढाकछोप गर्न मिलेका हुन् भनेर दाग नलागोस् भन्दै अब भ्रष्टाचार विरुद्धको अभियानमा लाग्नैपर्ने बताए । गिरीबन्धुको बारेमा सर्वोच्च अदालतले स्पष्ट भनिसकेकाले सरकारले हदबन्दीभन्दा बढी जग्गा सरकारको नाममा फिर्ता लेउ भनेकाले भूमिसुधार ऐन २०२१ को दफा १२ मा स्पष्टै लेखेकालाई आधार बनाएर समिति बनाएर तुरुन्त जग्गा फिर्ता लिनु पर्ने बताए । 

विद्युत महशुलका सम्बन्धमा उनले कुनै पनि सरकारले विद्युतको एक रुपैयाँ पनि छोड्न नपाइने बताए । उनले विगतका कामको सरकारले निरन्तरता दिने हो भन्दै विधिको शासन पनि त्यही भएको उल्लेख गरे ।

नेता थापाले भने, ‘सरकारले यहाँ आएर स्पष्ट भन्नुपर्छ कसैलाई अन्यायमा पर्न दिन्नौँ । तर जतिसुकै अनुचित लाभ लिनेलाई छाड्दैनौँ भन्नुपर्छ ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ