arrow

निरन्तरको हवाई दुर्घटनाले नियामक निकायको नियमन फेल भएको देखियो – सोविता गौतम

logo
हाम्रा कुरा
प्रकाशित २०८१ साउन २९ मंगलबार
sobita-gautam-81-4-29.jpg

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सोविता गौतमले निरन्तर भइरहेको हवाई दुर्घटनाले नेपालको नियामक निकायको नियमन फेल भएको देखिएको बताएकी छिन् । 

मंगलबार प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद गौतमले यस्तो बताएकी छिन् । उनले हवाई दुर्घटनाको विषय छैटौँ पटक संसदमा विषय उठान भए पनि सरकारले अहिलेसम्म सुनुवाई गर्न नसकेको बताइन् । 

उनले नेपालको हवाई क्षेत्रमा गम्भीर समस्या देखिएको भन्दै तत्काल सरकारले समाधान गर्न आवश्यक रहेको बताइन् । उनले नेपालको हवाई क्षेत्रलाई सुरक्षित बनाउनको लागि नागरिक उड्डयन प्राधिकरणलाई सेवाप्रदायक र नियामक निकाय छुट्याउन आवश्यक रहेको भन्दै सरकारले तत्काले उक्त विधेयक ल्याउन जरुरी रहेको बताइन् । 

गौतमले सरकारमा पर्यटन मन्त्री पटक–पटक फेरिए पनि उक्त विधेयक संसदमा आउन नसकेको बताइन् । उनले यति एयरलाइन्स दुर्घटनाको अडियो सार्वजनिक भएको भन्दै उक्त अडियोबाट प्रष्टसँग लापरबाही भएको सुन्न सकिने बताइन् । 

उनले नियामक निकायको नियमन फेल भएकै कारण ईयूको कालोसूचीमा पर्नु,आईकाओ अडिटमा कम नम्बर दिएको दाबी गरिन् । उनले हवाई सुरक्षाको निम्ति प्राविधिक रुपमा गर्नुपर्ने खर्च सरकारले नगर्दा पनि हवाई यात्रा असुरक्षित बन्दै गएको उल्लेख गरिन् ।

उनले नागरिक उड्डयन प्राधिकरणलाई सेवाप्रदायक र नियामक निकायमा अहिले छुट्याउने विधेयक संसदबाट पारित गरी नीतिगत रुपमा देखिएका त्रुटिहरुलाई समाधान गर्न सक्नुपर्नेमा जोड दिइन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ