पाँचथर। सार्वजनिक विदाको दिन विना अनुमति सरकारी कार्यालयका सवारी साधानहरु संचालन गर्न थालेपछि जिल्ला ट्राफिक प्रहरी कार्यालय पाँचथरले त्यस्ता सवारी साधनहरु धमाधम नियन्त्रणमा लिन थालेको छ ।
यसैक्रममा शनिबार अर्थात आज झापाको शनिअर्जुन नगरपालिका कार्यालयको विना अनुमति चलाएको भन्दै फिदिममा नियन्त्रणमा लिइएको कार्यालय प्रमुख उत्तम भण्डारीले जानकारी दिए ।
कार्यकारी अधिकृत मनोज राउत चढेको गाडी विना पास चलाइरहेको हुँदा नियन्त्रणमा लिइएको उनले वताए । कार्यालयको काममा नभएर ब्यक्तिगत कामको लागि राउतले विना अनुमति सार्वजनिक विदाको दिन सवारी साधान संचालन गरिरहेकोले नियन्त्रणमा लिइएको कार्यालय प्रमुख भण्डारीले वताए ।
पछिल्लो समय जिल्लामा विना पास सार्वजनिक विदाको दिन समेत सरकारी कार्यालयका सवारी साधानहरु संचालन गरिरहेको ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।