arrow

नेपालमा कुनै पनि बेला बंगलादेशको अवस्था आउन सक्छ – शेखर कोइराला

logo
हाम्रा कुरा
प्रकाशित २०८१ साउन २९ मंगलबार
shekhar-koirala-81-4-29.jpg

काठमाडौँ । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले नेपालमा पनि बंगलादेशको अवस्था आउन सक्ने भन्दै सचेत रहन आग्रह गरेका छन् ।

मंगलबार काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्दै उनले यस्तो आग्रह गरेका हुन् । उनले बंगलादेशमा ११ प्रतिशतको आर्थिक वृद्धि भइरहेको अवस्थामा पनि सो दुर्घटना आइपरेको भन्दै नेपालमा सोही अवस्था आउन सक्नेतर्फ सचेत गराए । 

उनले दुई तिहाईको सरकार भएको देशमासमेत प्रधानमन्त्री देश बाहिर भाग्नुपरेकोबारे अवगत गराए ।  उनले सरकारले २४ वर्षपछिका युवाहरुलाई कसरी समेटेर राख्ने, कसरी रोजगारीका अवसर सिर्जना गर्ने  भन्नेबारेमा सोच्नुपर्ने जरुरी रहेको बताए । 

उनले नेपालमा आर्थिक अवस्था जर्जर  रहेको बताए । उनले भने, ‘सरकारले २४ वर्षपछिका युवाहरुलाई कसरी समेटेर राख्ने, कसरी रोजगारीका अवसर सिर्जना गर्ने ? त्यसबारेमा सोच्नुपर्छ । सरकारले खर्च गरिरहेको छ तर ठीक ठाउँमा गइरहेको छैन । ठीक ठाउँमा पुर्याउन दबाब दिनुहोला । हाम्रो छिमेकी मुलुक बंगलादेश जहाँ दुई तिहाईको सरकार थियो । जहाँको ग्रोथ ११ प्रतिशतले बढिरहेको थियो, अचानक घटना भयो । प्रधानमन्त्रीले देश नै छोडेर हिँड्नुपर्ने स्थिति आयो । यो सामान्य घटना होइन ।'

उनले अगाडि भने, 'नेपालमा आर्थिक अवस्था जर्जर छ । राजश्व उठ्छ १०–११ खर्ब, चालु खर्चमा १२–१३ खर्ब हुन्छ । ऋण लिएर हामी चालु खर्च चलाइरहेका छौँ । तर बंगलादेशको त्यो होइन । बंगलादेशको त ११ प्रतिशतले आर्थिक वृद्धि भइरहेको थियो, दुई तिहाईको सरकार थियो । त्यस्तो देशमा त यो अवस्था आयो भने नेपालमा कुनैपनि बेला केही हुनसक्छ, त्यतातिर पनि सतर्क हुनुस् । किनभने सामाजिक सञ्जाल अहिले एकदम एग्रेसिपली विश्वमा आइरहेको छ, त्यसले धेरै विसंगति पनि निम्त्याइरहेको छ ।’

नेता कोइरालाले सामाजिक सञ्जालमा आफ्ना विचार राख्दा गम्भीर हुन आग्रह गरे । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ