arrow

नाट्टा गण्डकीमा किशोर

logo
हाम्रा कुरा
प्रकाशित २०८१ साउन २९ मंगलबार
kishot-dahal-natta-gandaki.jpg

पोखरा । नेपाल एसोसिएशन अफ टुर एण्ड ट्राभस एजेन्टस् (नाट्टा) गण्डकीको अध्यक्षमा किशोर दाहाल निर्वाचित भएका छन् ।

नाट्टा गण्डकीको २९औँ साधारणसभा तथा १३औँ अधिवेशनले दाहाललाई सर्वसम्मत अध्यक्षमा निर्वाचित गरेको हो । 

यस्तै, प्रथम उपाध्यक्षमा संगीता पौडेल, द्वितीय उपाध्यक्षमा राजेश पहारी, महासचिवमा चेतबहादुर कार्की, सचिवमा नवराज भण्डारी, कोषाध्यक्षमा सुवास पहारी र सहकोषाध्यक्षमा सन्दीप श्रेष्ठ निर्वाचित भए । 

कार्यसमिति सदस्यमा प्रतिक लामिछाने, छवीरमण पौडेल, पदमराज आचार्य, विजय पौडेल र तुलबहादुर गुरुङ छन् । 

अधिवेशनको उद्घाटन गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले गरेका थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ