arrow

चेम्बर अफ कमर्स र मणिपालबीच सम्झौता 

logo
हाम्रा कुरा
प्रकाशित २०८१ साउन ३० बुधबार
chember-manipal.jpg

पोखरा । पोखरा चेम्बर अफ कमर्स कास्कीका सदस्य र सदस्यका परिवारले मणिपाल शिक्षण अस्पतालमा उपचार गर्दा छुट पाउने भएका छन् ।

चेम्बर र अस्पतालबीच मंगलबार सम्झौता भएसँगै चेम्बरका सदस्य तथा परिवारले छुट पाउने भएका हुन् ।

सम्झौताअनुसार टिकट र चिकित्सकको परामर्श निःशुल्क हुनेछ भने सामान्य बेडमा २५ प्रतिशत छुट पाइनेछ ।

यसैगरी नियमित जाँचमा १५, न्यूरोसर्जरी तथा अतिविशिष्ट सेवाबाहेक शल्यक्रियामा १० र विशेष अनुसन्धानमा १० प्रतिशत छुट प्राप्त हुनेछ । 

सम्झौतामापत्रमा चेम्बरका तर्फबाट अध्यक्ष उमराज बास्तोला र अस्पतालकातर्फबाट प्रमुख कार्यकारी अधिकृत अनिल ओडूविलले हस्ताक्षर गरेका छन् ।

उपचारमा छुट पाउनका लागि चेम्बरको नामावली, परिचयपत्र र निवेदन अनिवार्य हुनुपर्ने सम्झौतापत्रमा उल्लेख छ ।

सम्झौता गर्दा चेम्बरका तर्फबाट उपाध्यक्ष नवराज आचार्य, महासचिव गोकर्ण अधिकारी, सचिव एवं सूचना विभाग प्रमुख सीमा कोइराला, सचिव सरिता सुवेदी, सहकोषाध्यक्ष बोधराज सुवेदीका साथै अस्पतालकातर्फबाट कृष्णमोहन श्रेष्ठलगायत सहभागी थिए ।

पोखरा चेम्बर अफ कमर्स कास्कीले यसअघि पोखरास्थित फिस्टेल ड्रिम पार्कसँग पनि छुटसम्बन्धी सम्झौता गरेको हो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ