arrow

वरिष्ठ मुटुरोग विशेषज्ञ कोजू ‘गुणलक्ष्मी स्मृति रोटरी स्वास्थ्य सम्मान’ बाट सम्मानित

logo
सरोजश्री अधिकारी,
प्रकाशित २०८१ साउन ३० बुधबार
kavre-dhulikhel-81-4-30.jpg

धुलिखेल। ‘गुणलक्ष्मी स्मृति रोटरी स्वास्थ्य सम्मान’ बाट वरिष्ठ मुटुरोग विशेषज्ञ प्राडा राजेन्द्रप्रसाद कोजू सम्मानित भएका छन् । काठमाडौं विश्व विद्यालय स्कूल अफ मेडिकल साइन्सेजका पूर्व डीन उनी धुलिखेल अस्पतालमा कार्यरत छन् । 

 रोटरी क्लब अफ पनौती नवौं पदस्थापना समारोहका अवसरमा प्राडा कोजू सम्मानित भएका हुन् । रोटरी क्लब अफ पनौतीका संस्थापक अध्यक्ष एवं वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ प्राडा सुमनराज ताम्रकारले दिवंगत माता गुणलक्ष्मी ताम्रकारको स्मरणमा रोटरी क्लब अफ पनौतीबाट बर्सेनि स्वास्थ्य विशेषज्ञलाई प्रदान गर्ने गरी सो सम्मान स्थापना गरेका हुन् । 

 पहिलो पटक वरिष्ठ मुटुरोग विशेषज्ञ प्राडा राजेन्द्रप्रसाद कोजुलाई सो सम्मान प्रदान गरिएको हो । पनौतीको डायमण्ड हिल रिसोर्टमा आयोजित भव्य समारोहमा प्रमुख अतिथि रोटरी इन्टरनेशनल डिष्ट्रिक्ट ३२९२ नेपाल-भुटानका पूर्व गभर्नर सिए जितेन्द्रबहादुर राजभण्डारीले उनलाई सो नगदसहित सम्मान प्रदान गरेका हुन् ।

 यसैगरी प्राडा ताम्राकारले पिताको स्मरणमा स्थापना गरेको ‘पुष्पराज स्मृति रोटरी पत्रकारिता सम्मान’ काभ्रेपलाञ्चोक जिल्लाबाट २८ वर्षदेखि निरन्तर प्रकाशित काभ्रे टाईम्सलाई साप्ताहिकलाई  प्रदान गरिएको छ । 

साप्ताहिकका कार्यकारी सम्पादक रमेशप्रसाद न्यौपानेलाई अतिथि रोटरी इन्टरनेशनल डिष्ट्रिक्ट ३२९२ नेपाल-भुटानका पूर्व गभर्नर सिए जितेन्द्रबहादुर राजभण्डारीले उनलाई सो नगदसहित सम्मान प्रदान गरेका हुन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ