arrow

चार महिनामा छ सय जनामा डेंगी

logo
हाम्रा कुरा
प्रकाशित २०८१ साउन ३१ बिहिबार
dengue--ji-ha.jpeg

मोरङ । कोशी प्रदेशमा चार महिनामा करिब छ सय जनामा डेंगी संक्रमण देखिएको छ । बितेका चार महिनामा प्रदेशमा पाँच सय ८२ जना डेंगी संक्रमित भएका छन् । प्रदेशमा डेंगी नियन्त्रण चुनौतीका रूपमा देखापरेको चिकित्सकहरूले बताएका छन् । 

प्रदेश स्वास्थ्य मन्त्रालयका अनुसार साउन १ देखि २९ गते सम्ममा तीन सय ३४ जना संक्रमित थपिएका हुन् ।

धनकुटास्थित स्वास्थ्य निर्देशनालयका निर्देशक ज्ञानबहादुर बस्नेतका अनुसार उक्त अवधिमा मोरङमा एक सय ९९, झापामा ३३, धनकुटामा ३२, सङ्खुवासभामा ३०, भोजपुरमा २५, ओखलढुङ्गामा १०, खोटाङमा तीन र तेह्रथुममा दुईजना संक्रमित भएका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ