arrow

झक्कु सुवेदीको सुझाव- कांग्रेस र एमाले मिलेर सबै देश कब्जा गर्नुस् [भिडियो]

आगामी निर्वाचनमा नेपाली कांग्रेस र नेकपा एमाले मिलेर निर्वाचनमा जान सुझाव

logo
हाम्रा कुरा
प्रकाशित २०८१ साउन ३१ बिहिबार
jhakku-subedi-04-31.jpg

काठमाडौँ । राष्ट्रिय सभामा नेकपा (माओवादी केन्द्र) का सांसद झक्कुप्रसाद सुवेदीले आगामी निर्वाचनमा नेपाली कांग्रेस र नेकपा एमाले मिलेर निर्वाचनमा जान सुझाव दिएका छन् । बिहीबारको राष्ट्रिय सभा बैठकमा बोल्दै उनले नेपालमा अहिले दुई तिहाइको सरकार रहेको उल्लेख गर्दै २०८४ को चुनावमा पनि दुई वटा पार्टी मिलेर चुनाव जितेर देश कब्जा गर्न भन्दै टिप्पणी गरे । 

अधिनायकवादतिर जाँदा श्रीलङ्का र हालै बङ्गलादेशको अवस्थाबारे सोच्न पनि आग्रह गरे । उनले संविधान संशोधन जनताबाट निर्वाचित कार्यकारी प्रमुखमा गर्न सुझाव दिए । उनले समानुपातिक हटाउन र घटाउने नभई पूर्ण समानुपातिकमा जान आग्रह गरे । महिला संसद्मा ५० प्रतिशत हुनुपर्ने र समाजअनुसारको संसद्को बनावट हुनुपर्ने बताए । 

उनले भने, ‘नेपालमा अहिले करिब दुई तिहाइको सरकार छ । पहिलो पार्टी र दोस्रो ठूलो पार्टी सरकारमा छन् । दोस्रो पार्टीले सरकारको नेतृत्व गरिरहेको छ । तर यो सरकारले के भन्छ भने विगतका सरकार अस्थिर भए, स्थिरताका लागि यो सरकार बनाएका हौँ, पहिलो र दोस्रो पार्टी मिलेर भनेको छ । म आग्रह गर्न चाहन्छु, किन पहिलो र दोस्रो पार्टी मिलेर सरकार बनाउनु हुन्छ, तपाईँहरू अर्को २०८४ को चुनावमा पनि दुई वटा पार्टी मिलेर जानुस् । त्यसपछि बराबर सिट बाँड्नुस् । एउटा सिट बाँकी रहन्छ, एमालेले मान्छ भने कांग्रेस एक नम्बर भएकाले कांग्रेसले उठाओस् । मान्दैन भने गाई र त्रिशूल गर्नुस् । सबै देश कब्जा गर्नुस् । तपाईंहरुलाई थाहा छ नि, श्रीलङ्काका राजापाक्षेले पनि देश त्यसै गरेर कब्जा गरेका थिए । उनको हालत आज के भइरहेको छ । शेख हसिनाको बारेमा सबै जानकार नै हुनुहुन्छ ।’ 

सांसद सुवेदीले सरकार अस्थिर भयो भनेर दुई तिहाइको सरकार बनाएको भन्न नमिल्ने बताए । उनले नेपाली कांग्रेस नामको मात्रै लोकतन्त्रवादी बनेको आरोप लगाए ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ