arrow

नेपाल-भारत बीचको सम्बन्ध गौरवपूर्ण अतीतले भरिएको छ : मन्त्री थापा

logo
हाम्रा कुरा
प्रकाशित २०८१ साउन ३१ बिहिबार
bindu-kumar-thapa-india-pokhara.jpg

पोखरा । गण्डकी प्रदेश सरकारका सामाजिक विकास तथा स्वास्थ्यमन्त्री विन्दुकुमार थापाले भारतीय स्वतन्त्रताको लडाइँमा नेपालीद्वारा दिइएको बलिदान अभूतपूर्व भएको बताएका छन् ।

७८औँ भारतीय स्वतन्त्रता दिवसका अवसरमा भारतीय राजदूतावास पेन्सन वितरण कार्यालय पोखराले बिहीबार आयोजना गरेको स्वतन्त्रता दिवस समारोह उद्घाटन गर्दै मन्त्री थापाले यस्तो बताएका हुन् ।

भारतको विकासमा नेपालको ठूलो योगदान रहेको जिकिर गर्दै मन्त्री थापाले भारतको स्वतन्त्रताको लडाइँ, भारतीय सीमा सुरक्षामा नेपालीले दिइएको बलिदान अभूतपूर्व रहेको स्पष्ट पारे ।

उनले नेपाल-भारत बीचको सम्बन्ध गौरवपूर्ण अतीतले भरिएको उल्लेख गरे । नेपालको भौगोलिक विशिष्टता तथा समान आर्थिक-सामाजिक परिवेशका कारण हिन्दूस्तानका प्रायः सबै राज्यसँग कुनै न कुनै प्रकारको सम्बन्ध भएको उनले बताए ।

मन्त्री थापाले नेपाल भारतको एउटा महत्वपूर्ण छिमेकी भएको बताए । सदियौँ पुरानो नागरिक सम्बन्ध, विश्वास, भौगोलिक, धार्मिक, ऐतिहासिक, सांस्कृतिक तथा आर्थिक सम्बन्ध दुवै देशका लागि निकै महत्वपूर्ण भएको उनको भनाइ छ ।

मन्त्री थापाले भारतले द्विपक्षीय सहयोगअन्तर्गत नेपालको स्वास्थ्य र शिक्षाको क्षेत्रमा गरेको सहयोगको प्रशंसा गरे ।

७८ वर्षअघि अंग्रेज साम्राज्यबाट अलग भएको भारत अहिले एउटा बलियो गणतन्त्रात्मक विश्वशक्तिको रूपमा स्थापित भइसकेको छ ।

विश्वको सबैभन्दा ठूलो लोकतन्त्रका रूपमा भारतको सफलता संसदीय राजनीतिक पद्धतिको स्थायित्वको उदाहरण मानिन्छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ