arrow

एन्फाको नालायकी, साफ यू–२० शुरु हुन दुई दिन बाँकी, मैदानबारे अन्योल

logo
हाम्रा कुरा
प्रकाशित २०८१ साउन ३२ शुक्रबार
anfa-press-meet-81-4-31.jpg

काठमाडौँ । काठमाडौँमा आयोजना हुने साफ यू–२० च्याम्पियनशिप शुरु हुन दुई दिन मात्र बाँकी रहँदा पनि खेल मैदानको टुंगो अझै लागेको छैन । आयोजक अखिल नेपाल फुटबल संघ (एन्फा) ले खेल स्थलको टुङ्गो लगाउन नसकेको हो ।

बिहीबार एन्फाले पत्रकार सम्मेलन गर्दै खेल मैदानको टुङ्गो नलागेको जानकारी दिएको थियो । पत्रकार सम्मेलनमा म्याच कमिस्नरको निरीक्षणपछि मात्र खेल सञ्चालन हुने मैदान कुन बारे टुंगो लाग्ने बताइएको छ ।

एन्फाले यसअघि प्रतियोगिताका लागि दशरथ रंगशाला, च्यासल मैदान र एन्फा कम्प्लेक्स गरी तीन स्थान तय गरेको थियो । तर च्यासल मैदानमा बाढी पसेपछि खेल सञ्चालन गर्न नसकिने अवस्था आएको छ भने दशरथ रंगशाला पनि वर्षाले हिलाम्मे रहेको छ ।

साफले दशरथ रंगशाला र एन्फा कम्प्लेक्सको मैदानलाई आयोजना स्थलको स्वीकृति दिएर खेल तालिकासमेत जारी गरे पनि गत मंगलबार भुटानको पारो एफसी र नेपालको चर्च ब्वाईज बीचको खेल सञ्चालन हुँदा मैदान पूर्ण रुपमा खराब भएपछि साफले एन्फालाई विकल्प खोज्न भनेको छ ।

दशरथ रंगशालामा पानी सोच्ने ड्रेनेज सिस्टम नभएका कारण पारो र चर्च ब्वाइजको खेलका क्रममा हिलाम्मे भएको थियो । साफ यू–२० मा नेपालसहित बंगलादेश, श्रीलंका, भारत, माल्दिभ्स र भुटान गरी ६ देशले भाग लिँदै छन् । 

जसमा समूह ए मा नेपाल, बंगलादेश र श्रीलंका रहेका छन् भने समूह बी मा भारत, माल्दिभ्स र भुटान रहेका छन् । प्रतियोगिताको उद्घाटन खेलमा आइतबार नेपाल र श्रीलंका खेल्ने तालिका रहेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ