arrow

अपहरित बिपिनको अवस्था अझै अज्ञात, लेखकले गरे सहयोग गर्न कतारलाई आग्रह

logo
हाम्रा कुरा
प्रकाशित २०८१ साउन ३२ शुक्रबार
lekhak-qatari-ambassador-81-4-31.jpg

काठमाडौँ । गृहमन्त्री रमेश लेखकसँग नेपालका लागि कतारका राजदूत महामहिम मिसाल बिन मोहम्मद अल अन्सारीले शिष्टाचार भेटघाट गरेका छन् ।

बिहीबार सिंहदरबारस्थित गृहमन्त्रालयमा भएको भेटवार्ताहरु मन्त्री लेखक र राजदूत अलान्सारी नेपाल र कतारबीचको गहिरिँदै गएको सम्बन्धका बारेमा चर्चा भएको छ ।

भेटमा क्रममा गृहमन्त्री लेखकले हमासको अपहरणमा रहेका नेपाली विद्यार्थी बिपिन जोशीको रिहाइका लागि आवश्यक सहयोग गरिदिन राजदूत अलान्सारीलाई विशेष आग्रह गरेका थिए ।

त्यसका साथै कतारमा रहेका नेपाली कामदारहरुलाई २४ घण्टा नै बिमाको व्यवस्था तथा कतारमा रही मृत्यु एवं घाइते भएका नेपालीहरुको राहत र उद्दारमा जोड दिँदै उहाँले विभिन्न जेलमा सजाय भोगिरहेका नेपाली नागरिकलाई आममाफी तथा सजाय छुट व्यवस्था मिलाइदिन आग्रह गरे ।

सीमापार हुने आर्थिक अपराध नियन्त्रणका विषयमा नेपाल र कतारबीच सहकार्य बढाउनेपर्नेमा समेत मन्त्री लेखकले जोड दिए ।

त्यसैगरी राजदूत अलान्सारील बिपिन जोशीको रिहाइका लागि कतारले आवश्यक पहल गरिरहेको जानकारी दिए । कतारको विकासमा नेपालीहरुको सहयोगको प्रशंसासमेत राजदूतले गरेका थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ