arrow

अयोध्यामा रामको मूर्ति बनाउने अरुणलाई अमेरिकाले दिएन भिसा 

logo
हाम्रा कुरा
प्रकाशित २०८१ साउन ३२ शुक्रबार
arun-yogiraj-sculptor-ayodhya.jpg

बेंगलुरु। भारतको अयोध्यामा नवनिर्मित राम मन्दिरमा स्थापित रामलल्लाको मूर्ति बनाउने प्रसिद्ध मूर्तिकार अरुण योगीराजलाई अमेरिकी अधिकारीहरूले भिसा दिन अस्वीकार गरेका छन् ।

योगीराजले अमेरिकी अधिकारीहरूले अगस्त १० मा भिसा अस्वीकार गरेको पुष्टि गरेका थिए । योगीराजका अनुसार अगस्त ३० बाट शुरु हुन लागेको एसोसिएसन अफ कन्नड कुटास अफ अमेरिका (एकेकेए) विश्व सम्मेलन–२०२४ को प्रमुख अतिथिका रुपमा निमन्त्रणा गरिएको हो । 

उनी २० दिने भ्रमणका लागि अमेरिका जान खोजिरहेका थिए । भिसा नपाउनुको कारण योगीराजलाई पनि थाहा छैन । 

उनले भने, ‘मलाई दिल्लीस्थित अमेरिकी महावाणिज्य दूतावासमा जानको लागि अपोइन्टमेन्ट दिइएको थियो र मैले त्यहाँ गएर उनीहरूले मागेका सबै कागजातहरू बुझाएँ। उनीहरूले मागेका कागजातहरू उपलब्ध गराउने विषयमा म स्पष्ट छु। तर मलाई थाहा छैन किन भनेर ।’

उनले यो घटनाबारे परराष्ट्र मन्त्रालयलाई जानकारी गराएको पनि बताए। उनी भन्छन्, ‘म केही गर्न सक्छु। मैले पनि सामान्य व्यक्तिले जस्तै भिसाको लागि आवेदन दिएको छु। म आफ्नो कामलाई सामान्य रूपमा जारी राख्छु। र यदि मैले भिसा पाएँ भने म अर्को वर्ष अक्का सम्मेलनमा जाने प्रयास गर्नेछु।' (इन्डियन एक्सप्रेसबाट)
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ