arrow

टर्कीको स्तानबुल फुटबल रंगशालामा विष्फोट, कम्तीमा २९ को मृत्यु, १६६ घाइते

logo
प्रकाशित २०७३ मंसिर २६ आइतबार
turkey.jpeg
स्तानबुल । टर्कीको स्तानबुलस्थित फुटबल रंगशालाको नजिकै भएका दुई वटा ठूला बम विष्फोटमा परी कम्तीमा २९ जनाको मृत्यु भएको छ । विष्फोटमा परी १६६ जना घाइते भएका छन् । घाइतेमध्ये अधिकां्रशको अवस्था गम्भीर रहेको टर्की सरकारले जनाएको छ । 
 
प्रहरी अधिकृतहरुलाई लक्षित गरी कार बम र आत्मघाती बम विष्फोट गराइएको प्रंहरीको दावी छ । बेसिक्तास फुटबल मैदानमा खेल सकिएको दुई घण्टापछि विष्फोट भएको थियो ।
 
टर्कीको सबैभन्दा ठूलो सहर स्तानबुलमा हालै भएको सैन्य कार्वाहीले असन्तोष बढ्दै गएको छ । 
 
विष्फोट गरााएको शंकामा प्रहरीले १० जनालाई नियन्त्रणमा लिएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ