लागू औषध कारोबारी दावा अझै एन्फा उपाध्यक्षकै पदमा, हटाउन निवेदन
हाम्रा कुरा
प्रकाशित २०८१ साउन ३२ शुक्रबार
976
Shares
काठमाडौँ । लागू औषध कारोबारी दावा लामा अझै पनि अखिल नेपाल फुटबल संघ एन्फाको उपाध्यक्षमा कायमै रहेको भन्दै तत्काल हटाउन माग गर्दैै निवेदन दर्ता भएको छ ।
उच्च अदालत पाटनले लागस् औषध खैरो हिरोइन बिक्री वितरण र कारोबारको मुद्धामा ५ वर्ष कैद र ५ वर्ष जरिबाना हुने ठहर गरेको थियो । तर अहिलेसम्म एन्फाको उपाध्यक्षमा बहाल रहेको भन्दै कारबाहीका लागि वरिष्ठ उपाध्यक्ष वीरबहादुर खड्काले निवेदन दर्ता गराएका हुन् ।
उनले दोषी लामा विद्यमान खेलकुद विकास ऐन अनुसार पदमा बहाल रहन नसक्ने भएकोले आवश्यक कारबाहीका लागि आज राज्य व्यवस्था तथा शुसासन समितिका सभापति रामहरी खतिवडा, युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरी र राखेपका सदस्य सचिव टंकलाल घिसिङलाई खेलकुद ऐन कार्यान्वयनका लागि निवेदन दर्ता गराएका हुन् ।
उनले निवेदन दर्ता गराएसँगै राज्यका सबै निकायले यस विषयलाई गम्भीरपूर्वक लिने विश्वास लिएकोसमेत जनाएका छन् ।