arrow

नागरिकलाई रोजगारी दिलाउन सरकार प्रतिवद्ध छ : मन्त्री थापा

logo
हाम्रा कुरा
प्रकाशित २०८१ साउन ३२ शुक्रबार
bindukumar-thapa-gandaki-province.jpg

पोखरा । गण्डकी प्रदेशका सामाजिक विकास तथा स्वास्थ्यमन्त्री विन्दुकुमार थापाले नागरिकले चाहेअनुसारको रोजगारी उपलब्ध गराउन र स्वरोजगारमुखी वातावरण बनाउन प्रदेश सरकार प्रतिबद्ध भएको भनाइ उनको छ ।

शुक्रबार मन्त्रालयमा आयोजना गरिएको सीप परीक्षण उत्तीर्ण परीक्षार्थीलाई प्रमाणपत्र वितरण कार्यक्रममा मन्त्री थापाले यस्तो बताएका हुन् ।

उनले सीप परीक्षण उत्तीर्ण पश्चात् सही सदुपयोग गर्नुपर्नेमा जोड दिँदै सीप परीक्षण उत्तीर्ण गरेर प्रमाणपत्रलाई घरमा थन्काएरमात्र राख्न नहुने स्पष्ट पारे ।

मन्त्री थापाले भने, “सीप परीक्षण उत्तीर्ण गरेपछि प्रमाणपत्र घरमा राख्नु उचित होइन । आफूले सिकेका सीपअनुसार समाजमा रही सेवा प्रवाह गर्न आवश्यक छ ।”

मन्त्री थापाले काम सानो नहुने र सीपसँगै प्राप्त भएको प्रमाणपत्रको महत्व ठूलो भएको उल्लेख गरे ।

उनले नागरिकलाई दक्ष बनाउन प्रदेश सरकारले समयानुसार सीपममूलक कार्यक्रमलाई अघि बढाउँदै आएको बताए ।

मन्त्रालयको उपसचिव तोयानाथ लम्सालले सीपमूलक कार्यक्रमका लागि स्थानीय तहले ६० लाख, संघीय सशर्तबाट २५ लाख, प्रदेशबाट १६ लाख विनियोजन भएको जानकारी दिए ।

सिटीइभिटी गण्डकी प्रदेशका निर्देशक कल्प बस्नेतले परीक्षार्थीले प्राप्त गरेको प्रमाणपत्रको उपयोग सही हुने विश्वास लिए ।

कार्यक्रममा ६८ जना परीक्षार्थीलाई प्रमाणपत्र उपलब्ध गराइएको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ